Wednesday 1st May 2024

काठमाडाैं महानगरले शुरू गर्यो निःशुल्क क्यान्सर परीक्षण


काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यानसर पहिचान गरी उपचार गर्न तथा रोकथाम गर्न निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

निःशुल्क स्वस्थ्य परीक्षण कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वास्थ्य जाँच गरिएको थियो । बुधवारबाट भने काठमाडौं महानगरमा बसोवास गर्ने महिलाहरुको स्वास्थ्य परीक्षणका लागि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष तीन हजार भन्दा बढी पाठेघरको मुखको क्यानसरका नयाँ बिरामी थपिने गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

उत्तराखण्ड सरकारले योगगुरु बाबा रामदेवको आयुर्वेद कम्पनी पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ । सरकारले सर्वोच्च अदालतलाई यस्तो बताएको…

बंगलादेशको उच्च अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश…

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

प्रतिकृयाहरू
...