Monday 7th September 2026

पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड


ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको शनिबार एकैदिन सात हजार बढी दर्शनार्थीले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार ७ हजार ६ सय ७६ जना दर्शनार्थीहरुले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या यो सिजनको एकैदिन दर्शन गर्ने दर्शनार्थीको सबैभन्दा बढी संख्या भएको क्षेत्र विकास समितीले जनाएको छ।

पाथीभरा दर्शन गर्न बाह्रै महिना सकिने भएपनि मुख्यतया चैत, वैशाख र असोज, कार्तिक दुई सिजनमा दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ। ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको दर्शन गरे मनोकाङक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...