Friday 20th March 2026
नेपालको समाचार
Image

नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार कांग्रेसले जनकपुरधामबाट १० बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण गरिएको हो। परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक…

Image

आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको…

Image

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल, भुटान र सेभेन सिस्टर्स” उल्लेख गर्दै यस सम्पूर्ण क्षेत्रमा अपार आर्थिक सम्भावना रहेको बताएका थिए। उल्लेखनीय कुरा के थियो भने उनले “भारत” शब्द प्रयोग गरेनन्, तर भारतकै उत्तर–पूर्वी क्षेत्रलाई जनाउने…

Image

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक…

Image

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका सरकारहरूले बारम्बार आशा जगाउँछन्—अब विकासको ढाँचा बदलिनेछ, अनुसन्धान र नवप्रवर्तन राज्यको प्राथमिकतामा आउनेछ। तर व्यवहारमा हेर्दा, यस्ता अपेक्षाहरू प्रायः पुरानै संस्थागत संरचनामा अड्किन्छन्। वैज्ञानिक तथा अभियन्ता महावीर पुन ले प्रस्ताव…

Image

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ४ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएको छ। साधुसन्त तथा दर्शनार्थीको घुइँचो लागिरहेको छ भने यस वर्ष ८ लाखभन्दा बढी भक्तजनले…

Image

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले आफ्नो मौलिक पहिचान, भूगोल, संस्कृति र सामुदायिक विविधतालाई समेट्दै ‘म्याग्दे गान’ तयार गरी सार्वजनिक गरेको छ। पालिकाभित्र रहेका वडाका विभिन्न स्थान, ऐतिहासिक–धार्मिक स्थल, सामाजिक संरचना र सांस्कृतिक विशेषतालाई समेटेर बनाइएको…

Image

-राजन रिमाल लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ र राजनीतिक मैदानमा सत्ता–सेटिङ, तब यो केवल अनैतिक अभ्यास मात्र हुँदैन—यो जनमतमाथिको खुला आक्रमण हुन्छ। खेलमा म्याच फिक्सिङले दर्शकलाई मूर्ख बनाउँछ। जित–हारको नाटक मञ्चन हुन्छ, प्रतिस्पर्धा अभिनयमा झर्छ। दर्शक ताली…

Image

राजन रिमाल - चुनाव नजिकिँदै जाँदा नेताहरू फेरि गाउँ–गाउँ देखिन थालेका छन्। मञ्चमा नाचगान, फूलमाला, दण्डवत् र फोटो सेसनको भीड छ। तर लोकतन्त्र यति सतही होइन कि यिनै दृश्यका आधारमा नेतृत्वको मूल्यांकन गरियोस्। उत्सव लोकतन्त्रको विकल्प हुन सक्दैन, र भावनात्मक प्रदर्शन जवाफदेहिता होइन। अब मतदाताले सिधा र स्पष्ट प्रश्न गर्नुपर्छ।…

Image

सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार मुलुकभर बुधबारबाट सेना परिचालन हुने भएको हो। निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुन लागेको हो। सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९…