Monday 14th September 2026

म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास


 

तिताेपाटी तनहुँ
म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास
तनहुँ । म्याग्दे गाउँपालिकाले आफ्नो मौलिक पहिचान, भूगोल, संस्कृति र सामुदायिक विविधतालाई समेट्दै ‘म्याग्दे गान’ तयार गरी सार्वजनिक गरेको छ। पालिकाभित्र रहेका वडाका विभिन्न स्थान, ऐतिहासिक–धार्मिक स्थल, सामाजिक संरचना र सांस्कृतिक विशेषतालाई समेटेर बनाइएको यस गानले स्थानीयवासीसँग भावनात्मक सम्बन्ध जोड्ने विश्वास लिइएको छ।
“आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासहित तयार गरिएको म्याग्दे गानले पालिकाको दीर्घकालीन सोच र विकासको दिशालाई समेत स्पष्ट रूपमा प्रस्तुत गरेको छ।
गानमा अकला, चण्डी, थानी, कालिका लगायतका धार्मिक स्थल, फाँट, भञ्ज्याङ, टार र बेसीजस्ता भौगोलिक पहिचानलाई समेट्दै म्याग्दे गाउँपालिकाको प्राकृतिक सुन्दरता र सामाजिक विविधतालाई उजागर गरिएको छ।
“स्वर्ग जस्तै सुन्दर छ म्याग्दे गाउँपालिका, संस्कृति र सम्पदाको हामी हौं मालिक” भन्ने भावनात्मक शब्दहरूले स्थानीय बासिन्दाको गर्व र अपनत्वलाई प्रतिबिम्बित गरेको छ।
गानमा म्याग्देमा बसोबास गर्ने अनेक जाति, अनेक धर्म, भाषा, भेषभूषा र रहनसहन लाई गाउँपालिकाको गहना भन्दै समावेशी समाजको सन्देश दिइएको छ।
“जुट्ने छौं सधैं, उठ्ने छौं सधैं, बनी एकै ढिक्का” भन्ने पंक्तिले सामूहिक एकता र सहकार्यको भावलाई बलियो बनाएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार म्याग्दे गान औपचारिक गीत मात्र नभई, स्थानीय पहिचान, गौरव र भावनात्मक एकताको प्रतीक हो। यस गानले आगामी दिनमा स्थानीय कार्यक्रम, शैक्षिक गतिविधि, पर्यटन प्रवर्द्धन र सार्वजनिक समारोहमा म्याग्देको चिनारी स्थापित गर्ने अपेक्षा गरिएको छ।
‘जय जय जय म्याग्दे गाउँपालिका’ भन्ने उद्घोषसँगै तयार गरिएको म्याग्दे गानले समृद्ध, आत्मनिर्भर र एकताबद्ध म्याग्दे निर्माणको सन्देश बोकेको छ।

 


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...