Saturday 19th September 2026
मुख्य खबर
Image

तिताेपाटी — पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । अहिले ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खोलिएका छन् । हिजो…

Image

तितोपाटी - अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ। तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ। जिल्लास्थित अन्नपूर्णकर्मीहरूले दिएको जानकारीअनुसार प्रदेश ५ मा मात्र आठ जनाको ज्यान…

Image

तितोपाटी - ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरुका…

Image

तितोपाटी - झापास्थित बिएनसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरेका छन् । रिर्पोटर्स क्लब नेपालमा आइतवार आयोजित साक्षात्कारमा उनले यस्तो भनेका हुन् । ‘दुईतिहाइ सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने…

Image

तितोपाटी - भात भनेपछि नेपाली हुरुक्कै हुन्छन् । कतिपयलाई एक छाक भात नभई हुँदै हुँदैन, दैनिक कम्तिमा एक पटक भात खानै पर्छ । हामी नेपाली त पोलिस लगाएर टिलिक्क टल्केको चामलको भात खान रुचाउँछौं । पोलिस नगरेको चामल (ब्राउन राइस) खाने त नगन्य होलान् वा छैनन् भन्दा पनि हुन्छ । यद्यपी…

Image

तितोपाटी - भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् । ‘दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते…

Image

तितोपाटी - मानव बेचबिखनविरुद्धको सङ्घर्षमा आफ्नो जीवन समर्पित गरेवापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ । नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सह–संस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो । पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना…

Image

तितोपाटी - विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्। दुवै मुलुकले सरकारीस्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री अाेलीले…

Image

तितोपाटी - छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रतिनिधि मण्डलले…