Monday 29th April 2024

कोशीको बहाव घटी–बढी हुने क्रम जारी, प्रशासनद्वारा नआत्तिन आग्रह


तिताेपाटी — पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

अहिले ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खोलिएका छन् । हिजो साँझ १ लाख ४१ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो । गए राति भने १ लाख ३५ हजार ९ सय ३० क्युसेक प्रतिसेकेण्ड थियो । सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित राजाबास क्षेत्रका ४ वटा स्परमा नदी ठोकिन थालेपछि पूर्वीतटका बासिन्दा त्रसित हुँदै आएका छन् ।
मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि नदीमा पानीको सतह स्थिर रहेको र नियमित अनुगमन समेत जारी रहेकाले कोशी नदीमा कुनै खतरा नरहेको भण्डारीले स्पष्ट पारेका छन् । सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।
— कान्तिपुरबाट

सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

प्रतिकृयाहरू
...