Saturday 27th December 2025
रोजगार
Image

कुवेतको निजामती सेवा आयोगले "इदु उल फित्र" मा दुइ सप्ताहन्त सहित ९ दिन विदा हुने जनाएको छ । इद उल फित्रको बिदा मे १ तारिक आइतबारबाट सुरु भई मे ५ तारिक बिहीबारसम्मका पर्व तथा सार्वजनिक विदा हुन र मे ८ तारिक आइतबारबाट सरकारी कर्यालय खुल्ने जनाएको छ । निजामती सेवा…

Image

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्…

Image

व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले बिहीबारदेखि स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने भएको छ । भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले स्वघोषणापत्र अनिवार्यरूपमा भर्नुपर्ने व्यवस्था गरेको हो । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने,…

Image

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको शव नेपाल ल्याइएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ । छाउनीस्थित वीरेन्द्र…

Image

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय…

Image

तितोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०७९ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष नेपाली तीथि मिति र चाडपर्व अंकित गरी भित्तेपात्रो प्रकाशन गरि निःशुल्क वितरण गर्दै आएको जन-जागृतिको वार्षिक कार्यविधि अनुसारको नेपाली भित्तेपात्रो २०७९ हिँजो ८ अप्रिल २०२२ शुक्रबारको दिन कुवेतको फरवानिया…

Image

पूर्वी सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकालाई भेरी नदीले छुट्याएको छ। भेरीगंगाको जहरे बजार र गुर्भाकोटको जहरे गाउँ जोड्ने झोलुङ्गे पुल छ। त्यहीँ नजिकै पक्की पुल पनि बन्दैछ। कंगोमा बिद्रोहीको गोलीबाट मृत्यु भएका अनिल गुरुङको घर गुर्भाकोट–१४ स्थित जहरे गाउँमा छ। सेनामा भर्ती भएपछि गुरुङले काठमाडौंमै विवाह गरे। उनकी श्रीमती विद्या…

Image

युएइले राहदानीमा लगाउने गरेको रेसिडेन्सी भिसा हटाउने भएको छ । यो नियम यहि अप्रिल ११ पछि जारी गरिने रेसिडेन्सी कागजातहरूको हकमा लागू हुने बताइएको छ । एघार अप्रिल उप्रान्त रेसिडेन्सी नविकरण गरेका प्रवासीहरूले आफ्नो राहदानीमा छाप लगाइएको रेसिडेन्सी भिसा देखाइरहनु पर्नेछैन । पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक वृद्धाश्रम बनाउने भएको छ। संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौंस्थित पशुपति क्षेत्रमा सो आश्रम बनाउने निर्णय गरेको हो। सो परियोजना सम्पन्न गर्नको लागि अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट ३…

Image

सरकारले चार महिनाको अवधिमा झण्डै डेढ लाख विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गरेको छ। परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले छोटो समयमै धेरैले विद्युतीय राहदानी लिएको बताइन्। उनकाअनुसार ६५ जिल्ला प्रशासन कार्यालय, १५ इलाका प्रशासन कार्यालय, देशबाहिर रहेका १५ वटै नियोगबाट राहदानी वितरण भइरहेको छ। सरकारले मंसिर १…