स्वर्गको टुक्रा चटक्क चुँडी कसले खसाल्यो। बागलुङको पश्चिम मध्य भागमा बसाल्यो। गलकोटको दिएर नाम घुम्टेको काखमा। अड्याई दियो बालक सरी आमाको काखमा ।१। जन्मेको ठाउँ आमाको काख चौपट्टै खपुवा। जन्मना साथ जोडेको नाता जीवन्त टिकुवा। निलुवा शीर भएको गाउँ भनिन्छ चमुवा। घुम्टेको काख पाण्डवखानी त्यसैमा रमुवा ।२। गल्कोटे पाखा सालेजो…
संसारमा भएको के अचम्म लाएको । बिज्ञानको चमत्कार खै कता गएको । तुच्छ जीव शेखी ठूलो संसारै हल्लायो। औषधीमुलो छुँदैन खै उत्पात मच्चायो।१। उत्पात नै बिधी नीति खै कबै रोकिन्न। दैब लीला कसै गरी टार्न नै सकिन्न। कोरोनाले जिस्क्यायो र खिज्यायो बेसरी । ओखतीमुलो छुँदैन खै हट्ने हो कसरी ।२।…
बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…
बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…
सुरु सुरुमा के-कसो हो जानिएन भन्दा भन्दै । के हो सहि, के हो गलत छानिएन भन्दा भन्दै ।। ध्यान जान सकेन साँच्चै कोरोनाको बारेमा आफैं जान्नेसुन्ने भईयो मानिएन भन्दा भन्दै ।। विचार पनि नगरेर हेलचक्य्राइँ कसले गर्यो कोभिड छिर्ने ढोकाहरु तानिएन भन्दा भन्दै ।। समयको माग के हो? बुझ्नुपर्थ्यो सरकारले…
हरि कृष्ण न्यौपाने – लामो समय देखि कोरोना संक्रमणका कारण बन्दाबन्दी(लकडाउन) रहेको र प्राय: क्षेत्रहरु ठप्प रहेको कुवेतमा आगामी अगष्ट १८ गते मंगलबारबाट जनजीवन समान्य हुने भएको छ।चौथो चरणमा जनजीवन सहज बनाउने निर्णय कुवेत सरकारको अगस्ट-१३ तारिक बसेको बैठकले गरेको हो। द टाइम्स कुवेतले समाचारमा जनाए अनुसार कुवेत सरकारले सामान्य…
कोरोनाले मनमा पाप पालेर आउँछ भनि । बिष्व जलाउने चिराग बालेर आउँछ भनि । कसलाई के थाहा यो जबरदस्त माहामारी बिस्वासको सगरमाथा ढालेर आउँछ भनि । हरेक प्रहर छट्पटिन्छु मेरो ठाउँको यादले । भोक,तिर्खा छैन निन्द्रा मेरो गाउँको यादले । फर्किन्छु अब छिट्टै बाँचे भने आफ्नै देशमा बा आमा न्यास्रे…
जीवन द्रुतविलम्बित छन्द वर्ण-१२ न भ भ र गण भएको छन्द द्रुतविलम्बित हुन्छ । द्रुतविलम्बितमाह नभौ भरौ । ~~~~~~~~~~~~~~~~ अबुझ बन्दछ मानव बेसरी । कलह झिक्दछ दानवझैँ गरी । असल भन्दछ दम्भ छ आडमा । अजर मान्दछ जीवन लोकमा ।१। असुर आदत कंसको भावना । रसिक नाटक दुष्ट छ चाहना…
सानी छन्द:वसन्ततिलका वर्ण-१४ उक्ता वसन्ततिलका तभजा जगौ ग: । लक्षण- त भ ज ज गण गु गु (दुई गुरुवर्ण) भएको छन्द बसन्ततिलका हुन्छ । त भ ज ज गु गु SSI SII ISI ISI S S ताराज भानस जभान जभान गु गु ~~~~~~~~~~~~~~~~~~~~~~~~ गर्जिन्छ बादल तथापि परेन पानी। जल्दैछ जंगल…
फेशन हो कि नाईटो देखाई भुँडी छोप्नु पर्ने । सधैं ढाक्नुपर्ने ठाउँमा ठुलो ट्याटु खोप्नु पर्ने । श्रृंगार कै प्रकृया हो कि सुन्दरी हुने बहाना शरीरबाट रौंहरू झिकेर टाउकोमा रोप्नु पर्ने । ताराको के महत्व चम्किलो जुन पाएपछि । चाँदिको के भाउ सक्कली सुन पाएपछि । टाढैबाट नियाल्दै छु तिमीलाई…
![]()