Wednesday 9th September 2026

जीवन – द्रुतविलम्बित छन्द -हरि शर्मा (सुबेदी)


जीवन
द्रुतविलम्बित छन्द
वर्ण-१२
न भ भ र गण भएको छन्द द्रुतविलम्बित हुन्छ ।
द्रुतविलम्बितमाह नभौ भरौ ।
~~~~~~~~~~~~~~~~
अबुझ बन्दछ मानव बेसरी ।
कलह झिक्दछ दानवझैँ गरी ।
असल भन्दछ दम्भ छ आडमा ।
अजर मान्दछ जीवन लोकमा ।१।

असुर आदत कंसको भावना ।
रसिक नाटक दुष्ट छ चाहना ।
तरल मानव जीवन जान यो ।
दिनहुँ बग्दछ सुक्दछ मान त्यो ।२।

हरि शर्मा (सुबेदी)
नुवाकोट-गलकोट, बागलुङ नेपाल
हाल: मिसिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...