Friday 17th May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तीतोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर…

Image

तीतोपाटी - रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ। कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको छ। रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव…

Image

तीतोपाटी - नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनेदेखि लगाउनेसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन…

Image

तीतोपाटी - भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् । किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको…

Image

तीतोपाटी - दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घटनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्। सुरक्षासम्बन्धी नियम पालना…

Image

तीतोपाटी - इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ । सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन…

Image

तीतोपाटी - जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी दश वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरुका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । जापानी अखबार माइनिची शिमबुनले स्रोत उद्धृत नगरी प्रकाशन गरेको समाचारमा…

Image

चिनियाँ अन्तरिक्ष यानले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कनेछ । चाङ्गे ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरु पनि सार्वजनिक गरेको छ…

Image

तीतोपाटी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना विरूद्धको खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप लगाइने रसिया टुडेले जनाएको छ…

Image

तितोपाटी- बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ । जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो…