Tuesday 30th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

कुवेत सरकारले यात्राबाट फर्केकाहरू सबैले १० दिन होम क्वारेन्टिन बस्नु पर्ने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आइतबार २६ डिसेम्बरदेखि लागु हुने गरि सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ९ महिनाअघि लगाएकाहरूलाई जनवरी २ तारिखसम्म तेस्रो शट लगाउने निर्णय…

Image

फिलिपिन्समा शक्तिशाली आँधीबाट मर्नेको संख्या २०८ पुगेको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्। गत बिहीबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ। सबैभन्दा बढि बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कम्तीमा २३९ जना घाइते…

Image

चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक विजयी भएका छन् । पूर्व विद्यार्थी नेता रहेका ३५ वर्षीय बोरिकले विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वार होजे एन्टोनियो कास्टलाई हराउँदै चिलीको सबैभन्दा कान्छाे राष्ट्रपति भएका हुन् । चिलीमा सरकारविरोधी विभिन्न प्रदर्शनपछि राष्ट्रपति चुनाव सम्पन्न भएको हो । बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत…

Image

तीतोपाटी - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढे पछि नेदरल्याण्डले आज आइतबारदेखि लकडाउन शुरू गरेको छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रूटेले शनिबार एक पत्रकार सम्मेलन गरि लकडाउनको घोषणा गरेका हुन् । क्रिसमसको समयमा मानिसहरूको जमघटले संक्रमण बढ्न सक्ने भन्दै क्रिसमसको पूर्वसन्ध्यामा नेदरल्याण्ड सरकारले लकडाउन गरेको हो । अत्यावश्यक बस्तुका…

Image

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या १६९ पुगेको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । गत विहिबार आएको शक्तिशाली आँधीले तहसनहस पारेका टापुहरूमा पानी र खाद्यान्न पुर्याउने कार्य भइरहेको छ ।राई नाम दिइएको आँधीको कारण उक्त क्षेत्रमा कैयाैं हवाइ उडानहरू समेत स्थगित गरिएका छन् । त्यहाँ पहिरो…

Image

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन्। जेआर ओसाका स्टेशन नजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समय अनुसार बिहान १०:४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ। करिब २० वर्ग मिटर क्षेत्रफलमा…

Image

तीतोपाटी,काठमाडौं - गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् । परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै…

Image

तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात…

Image

तीतोपाटी - कुवेतको स्वास्थ्य मन्त्रालयले ६ महिना भन्दा माथिका सबै उमेर समुहका नागरिक र आप्रबासीहरुलाई जाडो मौसममा लाग्न सक्ने रोग बिरुद्दको खोप(विन्टर डिजेज भ्याक्सिन) लगाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल-सनदले जाडो मौसममा लाग्न सक्ने रोगहरुबाट बच्नका लागि मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन…

Image

काठमाडौं (जीएनएन) -- गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् । हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड…