Thursday 16th May 2024

एनआरएनएले सार्वजनिक गर्यो उम्मेदवारहरूको प्रारम्भिक नामावली


गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २४ र २५ मार्च, २०२२ मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ भने प्रकाशित उम्मेदवारीमा दावी विरोध भएमा भोलि १३ मार्च बिहान १० सम्म [email protected] मा प्रमाण सहित दावी विरोध पठाउन अनुरोध गरेको छ ।

यस गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यलय बालुवाटार स्थित निर्वाचन अधिकृतको कार्यलयले एक सूचना जारी गरि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरको हो । प्रकाशित सूचनामा यस गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिति २०७८।१२।१० र ११ गते (२४ र २५ मार्च, २०२२) मा हुने निर्वाचनका लागि मिति २०७८।११।२३ (मार्च ०७, २०२२), ११ः०० बजे देखि मिति २०७८।११।२७ (मार्च ११, २०२२), १७ः०० बजे सम्म उम्मेदवारी मनोनयन दर्ताको सूचना जारी भएकोमा उक्त अवधिभित्र निर्वाचन समितिमा दर्ता भएका उम्मेदवारी मनोनयन निवेदनका आधारमा प्रारम्भिक उम्मेदवारी प्रकाशन गरिएको छ । प्रकाशित उम्मेदवारीमा कोही कसैको दावी विरोध रहेमा मिति २०७८।११।२८ (मार्च १२, २०२२), १०ः०० बजे को निर्वाचन कार्यक्रमको संशोधित सूचना अनुसार मिति मार्च १२, २०२२, १२ः०० बजे देखि मार्च १३, २०२२, १०ः०० बजे सम्म बजे सम्म निर्वाचन समितिको ईमेल भभिअतष्यलअयmmष्ततभभद्दण्द्दज्ञ२लचलब।यचन मा प्रमाण सहित दावी विरोध गर्न हुन अनुरोध छ । भनिएको छ ।

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित गरिएको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...