Tuesday 1st July 2025
सिनेमा
Image

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र…

Image

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ…

Image

कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ…

Image

अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक…

Image

बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय…

Image

अभिनेत्री प्रियंका कार्की ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करणमा अध्यक्षको भूमिकामा देखिने भएकी छन् । प्रियंकालाई लिएर जितु नेपालले बुधबार महाराजगञ्जको एक ब्याङ्क्वेटमा कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । यसअघि यो टीभी शोमा दीपाश्री निरौला र करिश्मा मानन्धरले अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । निकट स्रोतले अध्यक्षको रुपमा प्रियंका निश्चित भएको…

Image

डा. हरिमोहन पोखरेल - कोहिमा /मणिपुर सरकार र टाइम्स समुह बीच एउटा सम्झौता भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी वर्ष 2023 मा संपन्न हुन गई रहेको मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुर राज्यमा संपन्न हुने भएको छ । सम्झौता पछि मुख्यमन्त्री एन बिरेनले बताए कि मणिपुरको लागि…

Image

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं सँस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्म मध्येबाट ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म…

Image

काठमाडौं -बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । दायर मुद्दामा वादीको तर्फबाट मुद्दा दर्ता गर्दै तामाङले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अनलाइनखबरसँग मुद्दा…

Image

अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् । जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो…