Thursday 28th March 2024

पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति, पूजा शर्मा र शोभित बस्नेत भेट्न पुगे


अभिनेता पूर्णविक्रम (पल) शाह बुधबार ३३ वर्ष पुगेका छन् । जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । शाहले तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ ।

पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँले आफन्त र साथीभाइको उपस्थितिमा जन्मदिन मनाउन एउटा केक अर्डर गर्नुभएको थियो । हामीले अनुमति दिएका छौं,’ उनले भने ।पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन् । यी तीनै जना पलनिकट फिल्मकर्मी मानिन्छन् । निमित्त कारागार प्रशासक अधिकारीका अनुसार पूजा र शोभितले केक लिएर पललाई भेट्न पुगेका थिए । पूजाले लिएर गएको केकमा पल र उनको तस्वीर पोतिएको छ । ११ बजे त्यहाँ पुगेका उनीहरुले पलसँग कारागारभित्र झण्डै २० मिनेट बिताए । पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन् ।पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ । उनी यतिबेला नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् । नवलपुर अदालतको फैसललाई चुनौती दिंदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जसको सुनुवाइ फागुन १४ गते हुने पलका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

पल शाहको जन्मदिनका लागि अभिनेत्री पूजा शर्माले लिएर गएको केक । तस्वीर : पूजा शर्माको फेसबुकबाट

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...