Tuesday 21st April 2026

अभिनेता अनमोल केसी पक्राउ


अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।

चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताइन्छ ।

यसअघि पनि २०७६ फागुनमा महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध ठगी गरेको उजुरी परेको थियो । फिल्मस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’ खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका थिए ।अनमोलका पिता भुवनले निर्मातासँगको छलफलमा केस मिलाएका थिए ।


सम्बन्धित शीर्षकहरु

शुक्रबार अब्बास अराघची ले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत ठूलो घोषणा गरे। उनले युद्धविरामको बाँकी समयसम्म होर्मुजको जलडमरूमध्य पूर्ण रूपमा खोलिएको बताएका…

तितोपाटी- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको छ…

तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात्…

प्रतिकृयाहरू
...