Wednesday 7th October 2026

भुवन केसीप्रति दीपकराज गिरीको आक्रोश– ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा’


कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा.. ।’ बोर्डले बर्ष २०७९ को स्वदेशी र विदेशी गरेर १३२ फिल्मको सूचि हिजो मङ्गलवार सार्वजनिक गरेको थियो । जसमा वर्षभरिमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको छ । फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोटमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको जनाइएको छ ।

दोस्रो नम्बरमा कन्नड फिल्म ‘केजीएफ २’ परेको छ । फिल्मले १९ करोड २९ लाख रुपैयाँ कमाएको छ । यो फिल्मको टिकट ६ लाख ७७ हजार ६ सय ९९ बिक्री भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै तेस्रोमा नम्बरमा अहिले प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ४’ परेको छ । फिल्मले अहिलेसम्म १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डको रिपोर्टमा उल्लेख छ । फिल्मको टिकट अहिलेसम्म ६ लाख ८ हजार ४ सय २ बिक्री भएको रिपोर्टमा जनाइएको छ । यही रिपोर्ट गलत भएको दीपकराज गिरीको भनाई रहेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...