Saturday 31st October 2026

भुवन केसीप्रति दीपकराज गिरीको आक्रोश– ‘यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा’


कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् । बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको धारणा उनको छ ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा.. ।’ बोर्डले बर्ष २०७९ को स्वदेशी र विदेशी गरेर १३२ फिल्मको सूचि हिजो मङ्गलवार सार्वजनिक गरेको थियो । जसमा वर्षभरिमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको छ । फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोटमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको जनाइएको छ ।

दोस्रो नम्बरमा कन्नड फिल्म ‘केजीएफ २’ परेको छ । फिल्मले १९ करोड २९ लाख रुपैयाँ कमाएको छ । यो फिल्मको टिकट ६ लाख ७७ हजार ६ सय ९९ बिक्री भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै तेस्रोमा नम्बरमा अहिले प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ४’ परेको छ । फिल्मले अहिलेसम्म १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डको रिपोर्टमा उल्लेख छ । फिल्मको टिकट अहिलेसम्म ६ लाख ८ हजार ४ सय २ बिक्री भएको रिपोर्टमा जनाइएको छ । यही रिपोर्ट गलत भएको दीपकराज गिरीको भनाई रहेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

समाचार प्रकाशनकै विषयलाई लिएर प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि शुक्रबार गरेको धरपकडको घटनाले देशभर बहस सिर्जना गरेको छ। सञ्चारगृहभित्रै प्रवेश गरेर…

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

प्रतिकृयाहरू
...