Monday 2nd March 2026
मनोरन्जन
Image

तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो । भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको…

Image

-कुवेर गिरी अभिनेत्री रेखा थापा अभिनय, सामाजसेवा होस् वा राजनीति, सधैँ चर्चाको केन्द्रमा रहन्छिन् । हालै रेखाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत भेट गरेकी छन् । सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीचको भेटलाई धेरैले विभिन्न कोणबाट पनि व्याख्या गरेका छन् । रेखाले भने ‘विप्लव’सँगको…

Image

ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् । आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा…

Image

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् ।एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि पुराना…

Image

तितोपाटी-  नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्। झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका…

Image

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’…

Image

गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्।बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले सेतोपाटीलाई जानकारी दिए। उनले भने, 'तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।'उनले आज दुबै पक्षका परिवारका…

Image

गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका…

Image

यतिबेला गायिका अञ्जु पन्त निकै चर्चित छिन् । कारण हो उनको विवाह  । पछिल्ला केही समयदेखि आफूले दिने गरेका प्रत्येक अन्तर्वार्तामा छोरीले विवाह गर्नका लागि दबाब दिइरहेको बताउँदै आएको थिइन् । यसका साथै, उनले कोसँग र कहिले विवाह गर्ने भन्नेबारे भने  टुङ्गो नभएको पनि बताउने गर्थिन् । तर पछिल्लो समय…

Image

आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीले प्रहरी कार्यालयमा उजुरी दिएकी छन्।मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए।गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको भन्दै उजुरी दिन आएको उनले बताए। 'पबमा झगडा भयो भनेर ठाडो निवेदन दिनुभएको छ।…