Monday 17th August 2026

‘फुलबुट्टे सारी’को ‘लिजेन्डरी भर्सन’मा मदनकृष्ण र मिथिलाको जमेको केमेष्ट्री


गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ बर्ष अगाडि यो गीत रेकर्ड भएको थियो ।

लिजेन्डरी भर्सनमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई राजेश पुमा राइले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा कलाकार हरिवंश आचार्य पनि उपस्थित थिए । उनलाई कार्यक्रममा सम्मानित गरिएको थियो । संगीतकार सिवाकोटीले अब यो गीतको अर्को भर्सन सार्वजनिक नगर्ने बताए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...