Sunday 11th April 2021

तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले


तितोपाटी-  नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्।

झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका शाहको नयाँ प्रस्तुति हातमा बालामा विशेष स्वर दिएको बताएकी हुन्। लोक दोहोरी देखि शुरुवात गरेर आधुनिक गीतहरूमा समेत आफ्नो स्वर दि सकेकी गायीका शाहले पहिलो पटक यो फरक शैलीको गितमा स्वर दिएकि हुन्।

ओइ भन्यो मायाले झ्यालबाट जस्ता दर्जनौ चर्चित गितबाट चर्चामा आएका गायक गिरीको शब्द र लयमा यो गित बजारमा ल्याईएको हो। नृत्यको लागि भन्दै विशेष मिक्स म्यूजिक दीइएको यस गीतको म्यूजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ।

गायीका शाहको १८ औं एल्बमका रूपमा बजारमा ल्याईएको यस गितमा चक्र बम र याङ्सु श्रेष्ठको अभिनय रहेको छ।

दोलखा चरिकोट, लाइदेउमोहनी, झिलिमिली रमाइलो साझमा, तिम्ले गर्दा हो, तिम्ले छोडी गए पछि लगायत दर्जनौ गीतमा आवाज दिएकि गायीका शाहले यो गित पछिल्लो यूवा पुस्तालाई लक्षित गर्दै बाजारमा ल्याएको बताउदैं अधिकांश यूवा पुस्ताको मन जित्न सक्ने विश्वास लिएकी छिन्।


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन् । एमालेका तर्फबाट मन्त्री बनेकाहरूले दिएको…

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन…

तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई…

प्रतिकृयाहरू