Thursday 24th September 2026

गायिका अन्जु पन्तले गरिन् थीर कोइरालासँग बिहे


गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्।बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले सेतोपाटीलाई जानकारी दिए।

उनले भने, ‘तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।’उनले आज दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए।

गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘धेरै माया।’एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिएगायिका पन्तले भनेकी थिइन्, ‘बिहेपछि नयाँ अध्याय सुरू हुनेछ।’

थीरले भने, ‘नयाँ अध्याय सुरू भयो। हामी अत्यन्तै खुसी छौं। हाम्रा शुभचिन्तकहरुलाई दुवै जनाको तर्फबाट धेरै धन्यवाद!’ थीरले ठूलो भोज आयोजना नगरिए पनि केही आफन्तमाझ चाँडै बिहेको ‘सेलिब्रेसन’ गर्ने बताएका छन्। उनले भने, ‘त्यसबाहेक केही अनाथालयका मान्छेहरुलाई सहयोग गरी हाम्रो बिहेको खुसी साट्ने छौं।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...