Thursday 8th October 2026

पबमा आफू कुटिएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी


आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीले प्रहरी कार्यालयमा उजुरी दिएकी छन्।मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए।गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको भन्दै उजुरी दिन आएको उनले बताए।

‘पबमा झगडा भयो भनेर ठाडो निवेदन दिनुभएको छ। हामीले अनुसन्धान गरिरहेका छौं,’डिएसपी पौडेलले भने,’जाहेरी दिनुभएको होइन। हामीले दुबै पक्ष राखेर कुराकानी गराउँछौं।’उनले नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध उजुरी दिएकी हुन् । उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै रसाइलीमाथि दुर्व्यवहार गरेकी थिइन्।

‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,’ रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...