Friday 30th October 2026

पबमा आफू कुटिएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी


आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीले प्रहरी कार्यालयमा उजुरी दिएकी छन्।मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए।गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको भन्दै उजुरी दिन आएको उनले बताए।

‘पबमा झगडा भयो भनेर ठाडो निवेदन दिनुभएको छ। हामीले अनुसन्धान गरिरहेका छौं,’डिएसपी पौडेलले भने,’जाहेरी दिनुभएको होइन। हामीले दुबै पक्ष राखेर कुराकानी गराउँछौं।’उनले नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीविरूद्ध उजुरी दिएकी हुन् । उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै रसाइलीमाथि दुर्व्यवहार गरेकी थिइन्।

‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,’ रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...