Tuesday 8th September 2026
विविध
Image

तितोपाटी - नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुडासहित पक्राउ परेका छन् । बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पक्रेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले शंका लागेर खानतलासी गर्दा आचार्यको साथबाट फलामको…

Image

तितोपाटी - बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् । घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २…

Image

तितोपाटी - ज्ञानेश्वरकी ७ वर्षीया खुशी श्रेष्ठ अहिले निकै खुशी देखिएकी छिन् । मेडिकलको असरका कारण जन्मँदै देब्रे हात गुमाएकी खुशीले बुधबार थ्रीडी प्रिन्टेड कृत्रिम हात पाइन् । कृत्रिम नै सही, गुमेको हात पाउँदा उनको मुहारमा खुशी प्रष्टै देख्न सकिन्थ्यो । ‘यसले मनोवैज्ञानिकरुपमा पनि छोरीलाई निकै खुशी दिएको त छ’, खुशीका…

Image

तितोपाटी - भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका…

Image

तितोपाटी - आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका…

Image

तितोपाटी - धादिङका दुई छुटछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन्। धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९२ प ८११० नम्बरको…

Image

तितोपाटी - त्रिभुवन विमानस्थल हुँदै सुन तस्करीको नयाँ रहस्य पर्दाफास भएको छ । प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याउने २ जना भारतीय नागरिक पक्राउ गरेपछि नयाँ रहस्य खुलेको हो । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार उनीहरुलाई सुनसहित पक्राउ गरिएको हो । बैंककबाट थाइ एयरको उडान नम्बर टीजी ३१९ बाट शनिबार दिउँसो…

Image

तितोपाटी - सल्यानमा सात सय घरपरिवार पहिरोको जोखिममा परेका छन् । वर्षा सुरु भएसँगै पहिरो जान थालेपछि पहिरोको जोखिम बढेको भूसंरक्षण कार्यालय सल्यानले जनाएको छ । जोखिममा रहेका बस्तीहरुमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदाले लगायतका बस्ती रहेका छन् । जंगल…

Image

तितोपाटी- पछिल्लो तीन महिनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटना बढेको अध्ययनले देखाएको छ । वैशाख, जेठ र असारमा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण, भौतिक कारबाहीको धम्की, समाचार संकलनमा अवरोधजस्ता २५ वटा घटना भएका नेपाल पत्रकार महासंघको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तीन महिना अवधिमा पत्रकारमाथि दुर्यवहार र धम्कीका घटना बढिरहेको महासंघले…

Image

तितोपाटी - सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। दुर्घटनामा माथागढी–२ आँपटारीका ४० वर्षीय माधव…