Monday 5th October 2026

चितवनमा मृगाैला तस्करी गरेको अारोपमा ५ जना पक्राउ


तितोपाटी – मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले हिँजो जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रकाश तामाङ, मोरङ जिल्लाको बयरवन बस्ने ३४ वर्षीय दीपक लिम्बू र रसुवा जिल्ला उत्तरगया गाउँपालिका–३ बस्ने २८ वर्षीय विशाल नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहरी, तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौँबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

निजमध्ये परियारबाहेकका अन्यले अरु तस्करको सम्पर्कबाट भारतको विभिन्न अस्पतालमा गई एक÷एक वटा मिर्गौला बिक्री गरेको पाइएको दाबी प्रहरीले गरेको छ । निजले सोझासिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको विज्ञप्तिमा जनाइएको छ ।

मिर्गौला बिक्री गर्ने मानिस खोजी गरी सम्पर्क गराइदिएबापत एक जनाको मिर्गाैला बिक्रीबाट रु ५० हजारदेखि रु एक लाखसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताउनुभयो ।

संलग्न अन्य व्यक्तिको समेत खोजतलास भइरहेको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...