Monday 5th October 2026

धुन्चे-रसुवागढी सडक खण्डमा कन्टेनर दुर्घटना, ३ को मृत्यु, १ गम्भीर घाइते


तितोपाटी –  रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटना परी अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धुन्चेबाट रसुवागढीतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको प्रहरीले बताएको। सडक भन्दा करिब ३० मिटर तल खसेको कन्टेनरमा ४ जना सवार थिए।
घाइतेको उद्धार भइरहेको छ।

मृतकको सनाखत हुन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। घटनास्थलतर्फ मेडिकल टोली पठाइएको उनले जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...