Monday 25th August 2025
विविध
Image

तितोपाटी-अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदमबहादुर धामीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा धामीको क्षतविच्छत शव घरदेखि केही टाढाको गोठमा फेला परेको प्रहरीले जनाएको छ । धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् । शव भने घरदेखि केही टाढाको गाउँको एक गोठमा फेला…

Image

तितोपाटी- सत्तारुढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गरेका छन् । काठमाडौँ –५ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाए । ‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ कि सार्वजनिक माफि माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा…

Image

तितोपाटी- माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले १९ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १८औं श्रीङ्खला आगामी १४ र २१ फेब्रुअरी २०२० मा सम्पन्न हुने क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा हिजो ३१ जनवरी २०२० का दिन कुवेतको फर्वानियास्ठित पार्कमा बसेको क्लवको २३५औं मासिक बैठकले…

Image

तितोपाटी- दार्चुलाकी पशुमाया कामीको काखमा ११ महिनाको छोरी छ । दार्चुलाबाट उनी यतिबेला काठमाडौँस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा धाइरहेकी छन् । १९ वर्षको कलिलै उमेरमा उनको विवाह भयो दार्चुलाकै दिनेशराम कामीसँग । दुई वर्षसम्म दम्पतीले गाउँमै बसेर केही गर्ने योजना बनाए । तर आर्थिक अवस्थाले धानेन । गत भदौमा घरसल्लाहपछि…

Image

तितोपाटी- मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा…

Image

तितोपाटी- चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्। अमेरिकालगायत अन्य विकसित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रक्रिया सुरु गरे पनि नेपाल सरकार भने चुप लागेर बसेको भन्दै उनीहरूले दुःख…

Image

तितोपाटी-विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्। डाक्टर माइक र्‍यानले घातक भाइरससँग…

Image

तितोपाटी -  नुवाकोटको म्यागङ गाउँपालिका- ५ स्थित जोर चौतारा युवा कल्वको सातौं साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा क्लबको भवन निर्माणको लागि समाजवादी पार्टी नेपाल नुवाकोटका जिल्ला इन्चार्ज डा. भिमलाल तामाङले नगद एक लाख, खेलाडीका लागि १५ थान ट्रयाक सुट र कलाकारको लागि नगद तीन हजार आर्थिक सहयोग गरेका…

Image

हरि कृष्ण न्यौपाने - घरेलु महिला कामदारको रुपमा करिब २ बर्ष अघि भारत हुदै कुवेत आएकी गोरखा आरुघाटकी २२ बर्षिय प्रिती गुरुङ रक्त क्यान्सर पीडित भएर कुवेतको अस्पतालमा जीवन मरणको दोषाधमा छिन।गत सेप्टेम्बरमा एपेन्डिसाइटिस भए पछि कुवेतको फर्वानिया अस्पताल पुर्याइएकोमा एपेन्डिसाइटिसको अप्रेशन पछि आफूलाइ रक्त क्यान्सर पनि भएको डक्टरहरुले बताए।त्यस…

Image

तितोपाटी- सिरहाको औरही गाउँपालिका ५ औरहीमा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार खाना पकाउँने क्रममा २५ वर्षीया अनितादेवी यादवलाई उनका श्रीमान विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको भनाइ छ । आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर लागिएको थियो । तर…