Friday 23rd October 2026

पीडितले राहत पाउनु पर्ने माग सहित, नेपाली साझा मंचद्वारा प्रेस विज्ञप्ति


तितोपाटी- कुवेतस्थित एक कन्स्ट्रक्सन कम्पनीमा मृत्यु भएका ६ जना नेपाली र घाइते २ जना नेपालीलाई सत्यतथ्य छानबीन गरी दोषीलाई कड़ाकारवाई सहित पिडित परिवारले न्याय पाउनु पर्ने माग गर्दै नेपाली साझा मंचले प्रेस बिज्ञप्ति जारी गरेको छ।

गत बुधवारको दिन कुवेतस्थित मुत्ला कम्पनीमा कार्यस्थलमा ढिस्कोले पुरीएर उक्त घटना घटेको थियो। घटनामा ६ जना नेपालीकोमृत्यु र २ जना नेपाली घाइते रहेको कुवेतका लागी नेपाली दूतवास कुवेतले जनाएको छ।

साझा मंचका अनुसार कार्यस्थलमा रहेका नेपाली जमिनमुनिको काममा अदक्षकामदारहरुलाई पर्याप्त सुरक्षाको व्यवस्था नगरी काममालगाउँदा निर्दोष नेपालीले परदेशमा ज्यान गुमाउनु परेको बताएको छ ।

नेपाली साझा मंचद्वारा प्रेस विज्ञप्तिमा मृतकहरुको आत्माको चिरशान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस दुखदघड़ीमा घटनालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याउन सम्पूर्ण श्रमिक तथा न्यायप्रेमी जनसमुदायबाट ऐक्यबद्धता जनाउन अनुरोध गरेकोछ।

नेपाली साझा मंचको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...