Friday 2nd October 2026

पीडितले राहत पाउनु पर्ने माग सहित, नेपाली साझा मंचद्वारा प्रेस विज्ञप्ति


तितोपाटी- कुवेतस्थित एक कन्स्ट्रक्सन कम्पनीमा मृत्यु भएका ६ जना नेपाली र घाइते २ जना नेपालीलाई सत्यतथ्य छानबीन गरी दोषीलाई कड़ाकारवाई सहित पिडित परिवारले न्याय पाउनु पर्ने माग गर्दै नेपाली साझा मंचले प्रेस बिज्ञप्ति जारी गरेको छ।

गत बुधवारको दिन कुवेतस्थित मुत्ला कम्पनीमा कार्यस्थलमा ढिस्कोले पुरीएर उक्त घटना घटेको थियो। घटनामा ६ जना नेपालीकोमृत्यु र २ जना नेपाली घाइते रहेको कुवेतका लागी नेपाली दूतवास कुवेतले जनाएको छ।

साझा मंचका अनुसार कार्यस्थलमा रहेका नेपाली जमिनमुनिको काममा अदक्षकामदारहरुलाई पर्याप्त सुरक्षाको व्यवस्था नगरी काममालगाउँदा निर्दोष नेपालीले परदेशमा ज्यान गुमाउनु परेको बताएको छ ।

नेपाली साझा मंचद्वारा प्रेस विज्ञप्तिमा मृतकहरुको आत्माको चिरशान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस दुखदघड़ीमा घटनालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याउन सम्पूर्ण श्रमिक तथा न्यायप्रेमी जनसमुदायबाट ऐक्यबद्धता जनाउन अनुरोध गरेकोछ।

नेपाली साझा मंचको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...