Friday 11th September 2026

इटाली पठाइदिन्छु भन्दै ६ लाख ठगी गर्ने दुई पक्राउ


तितोपाटी-वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-३ घर भई हाल कीर्तिपुर बस्ने शम्भु चौधरी र उनका छोरा कृष्ण चौधरी पक्राउ परेका छन्।

उनीहरुलाई अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार पक्राउ गरेको हो। आफू हरिहर भवनस्थित रिलाइफ एजुकेशन कन्सल्टेन्सी प्रालिको सञ्चालक रहेको भन्दै इटालीमा राम्रो रोजगारीको प्रलोभन देखाएर पर्वत कुश्मा नगरपालिका-१४ घर भई हाल काठमाडौं चन्द्रागिरी बस्ने दिनेश पौडेलसँग उनीहरुले ६ लाख रकम ठगी गरी फरार भएका थिए।

रकम लिएर लामो समयसम्म पनि इटाली नपठाई फरार भएपछि पीडितले प्रहरीसमक्ष उजुरी दिएका थिए। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा विभिन्न प्रलोभन देखाएर एजुकेशन कन्सल्टेन्सीहरुले समेत ठगी गरिरहेको पाइएको छ।

यसमा युवाहरु पनि सचेत हुनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताएका छन्। कन्सल्टेन्सीबाट हुने ठगी नियन्त्रणका लागि विभागले कडाइ गर्ने समेत उनले जानकारी दिए।नेपाललाईभ बाट


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...