तितोपाटी- लामो समयदेखि साउदी अरबको एउटा घरमा बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्। झापा मेचीनगर १ तिरिङकी बासिन्दा शर्मिला किसान मगर, नेपाली दलालको फन्दामा परेर अर्काकै नागरिकतामा साउदी पुगेयता बेपत्ता थिइन्। यतिका समय परिवारको सम्पर्क बाहिर रहेकी उनी दुई महिनायता मात्रै सम्पर्कमा आएकी…
तितोपाटी- नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार बट्टार बजारबाट पक्राउ गरेको छ। घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रूपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुर्याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो। अख्तियारका प्रहरी नायब उपरीक्षक…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी…
तितोपाटी- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबमा आप्रवासी श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने भएका छन् । साउदी सरकारले श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने तथा करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउने व्यवस्था गरेको हो । साउदीस्थित मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार…
तितोपाटी- अमेरिकी राष्ट्रपति निर्वाचनको अहिलेसम्मको नतिजामा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन्। फक्स न्युजका अनुसार कूल ४८.६ प्रतिशत मत गणना भइसक्दा बाइडेनले ४९.८ प्रतिशत मत प्रतिशत मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ४८.६ प्रतिशत मत प्राप्त गरेका छन्। कूल ५३८ इलेक्टोरल कलेजमध्ये बाइडेनले २२७ इलेक्टोरल मत प्राप्त गरेका…
तितोपाटी- भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल भ्रमणमा आउँदैछन् । उनी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।…
हरि कृष्ण न्यौपाने-कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो। कुवेतको अनलाइन पत्रीका अरब…
मोती गुरूङ - अहिले नेपाली राजनीति अस्तब्यस्त रुपमा अगाडि बढिरहेकाे छ । विशेष गरी सत्तामा रहेका कम्युनिस्ट सरकारको भ्रष्टाचार ,अनियमितता ,अराजकता अनि भागबण्डा मै लिप्त रहेकाे आमजनताले छर्लंग रुपमा देखिरहेका छाै । काेराेना भाइरस संक्रमणले आक्रान्त पारेको यो दुखदप रिस्थितिमा सरकार माैन छ । जनताकाे स्वास्थ्य अधिकार प्रत्याभुत गराउन कुनै…
तीतोपाटी - खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे…
तीतोपाटी - आज महिनाको आखिर दिन, तलब आईसकेको थियो।अनि भोलि बिदा पनि।सबथोक मिलेको थियो।रुममा सबै आफ्नो रोजाइमा व्यस्त थिए म पनि साथीभाइको रमाइलोमा सहभागी भएँ । विदेशको ठाउँ अरुदिन कामबाट फुर्सत नहुने हुँदा घुम्न् जाने अवस्था थिएन।छुट्टीको दिन भने हाम्रो लागि खुसीको दिन हुने गर्दछ। सबै बिन्दास भएर भोलिको बिदाको…
![]()