तीतोपाटी डटकम-काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने…
तीतोपाटी डटकम-विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो । जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले…
१. नेपाल देश सुन्दर भेष हेर्दैमा क्या राम्रो, पहाडी स्वच्छ हावा र पानी फेर्दैमा क्या राम्रो । मुनाल डाँफे मयुर अनि गुराँस झुलेका, मौलिक भाषा पोशाक हाम्रो बेर्दैमा क्या राम्रो । २. दुनियामा समयको खेल भयो, मान्छे नै कोरोनालाई तेल भयो । छैन अछुतो वृद्ध, बाल, बयष्क, हे प्रभु !…
कोपिला १ मनमा लुकाएर पाप साँचेको हुँ मैले घमन्डले मातिएर पहाड भत्काउन खोज्दा आफ्नै हातको कुहिनो भाँचको हुँ मैले । कोपिला २ जल्दै गरेको चिता हेरेर भन मान्छे तिम्रो घमण्ड कतिन्जेल टिक्ला घरको भागवत् गीता हेरेर भन । कोपिला ३ मेरो माया सबैभन्दा पवित्र देखियो अझै शङ्का किन गछ्र्यौ र…
पाँच मुक्तक १) वेतनभोगी मित्रहरु हेर बजार भाउ । भोगेपछि थाहा हुन्छ कहाँ दुख्छ घाउ? तेलको मूल्य सोधे हुन्छ, बजारियालाई तलबैको निहुँ पारी दर बढाउने दाउ । २) चाहिएन भयो पुग्यो नबढाए हुन्छ । तलबैमा गिद्दे दृस्टी नगढाए हुन्छ । अनुगमन गर्नेहरु के हेरेर बस्छौ? चुनावमा सक्दो चन्दा नचढाए हुन्छ…
तीतोपाटी डटकम-काठमाडौं । नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो । खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे…
प्रक्रिया र व्यक्तिमा विवाद, विषयमाथिको बहसमा अलमल तीतोपाटी डटकम-काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुवाईका लागि आइबार प्रधानन्यायाधीशले बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । तर, सत्तापक्षका वकिलहरुको बखेडाका कारण दिनभरिजसो इजलासमा तनावपूर्ण स्थिति रह्यो । बरिष्ठतालाई इजलास गठनको मापदण्ड बनाइएपछि कनिष्ठ न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसी…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना '१' कलियुगमा पापीको बोलवाला हून्छ सिधा साधा सधैँभरि भित्र भित्रै रुन्छ । बाँसुरीको धुन मीठो मानिसको गुन पूर्णिमाको जून मीठो तरकारीमा नुन । उमेरसँगै ओइलाउँछ जिन्दगी बन्दो रहेछ खाली ईश्वरको बन्धकी । जीवन रहेसम्म जिम्मेवारी रहने बुढेसकालको गर्हौ भारी कसरी सहने । सिरानी एक्लोको…
तीतोपाटी डटकम-काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले उडान प्रतिबन्ध लम्बिदा नेपाली श्रमिकलाई समस्या थपिएको बताएका छन्। नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। लामो समय बितिसक्दा पनि साउदीको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा समस्या थप बल्झिएको उनको भनाइ छ। राजदूत राजपुतका अनुसार उडान…
" झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना: (१० झर) १. देखावटी पनको विरुद्धमा कुर्लन मन लाग्छ । आश्वासनको सुन्दर महल भत्काउन मन लाग्छ । २. ठोकिँदै फर्किन्छन् न्याय नपाइ आवाजहरु । किन भत्कदैनन् यस्ता अनगिन्ती पर्खालहरु । ३. अगाडि बढेका पाइलाहरुमा ठेस लाग्दा । पिरोल्छ मन नदेखिने सुइरोले…
![]()