Monday 12th October 2026

महेन्द्र मान बलामीका पाँच मुक्तकहरू


पाँच मुक्तक

१)
वेतनभोगी मित्रहरु हेर बजार भाउ ।
भोगेपछि थाहा हुन्छ कहाँ दुख्छ घाउ?
तेलको मूल्य सोधे हुन्छ, बजारियालाई
तलबैको निहुँ पारी दर बढाउने दाउ ।

२)
चाहिएन भयो पुग्यो नबढाए हुन्छ ।
तलबैमा गिद्दे दृस्टी नगढाए हुन्छ ।
अनुगमन गर्नेहरु के हेरेर बस्छौ?
चुनावमा सक्दो चन्दा नचढाए हुन्छ ।

३)
तिम्रो कमाइ मेरो कमाइ राखौँ एकै ठाम ।
मिलिजुली ताप्ने गरौँ सबले न्यानो घाम ।
मेरो तेरो हुँदै नहोस्,सबै हाम्रो बनोस्
तब पो त हुन्छ बाबै! यहाँ राज्य राम ।

४)
जानु अघि हरियाली डढाएर गयौ ।
परायामा मित्रशक्ति चढाएर गयौ ।
बुद्धिभ्रष्ट भयो तिम्रो लोभ अति गर्दा,
प्रतिपक्षी तिरै हात बढाएर गयौ ।

५)
बुद्ध बन शुद्ध बन मान पाउने छौ ।
संसारमा नमेटिने शान पाउने छौ ।
हजारौँको भिडबिच बेग्लै पहिचान,
प्रात:काल चोखो गुणगान पाउने छौ ।

महेन्द्र मान बलामी, दक्षिणकाली-९


सम्बन्धित शीर्षकहरु

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। तीमध्ये एक क्षेप्यास्त्र…

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

प्रतिकृयाहरू
...