Monday 12th October 2026

श्रीकृष्ण शर्माको एक डाली कोपिला


कोपिला १
मनमा लुकाएर पाप साँचेको हुँ मैले
घमन्डले मातिएर पहाड भत्काउन खोज्दा
आफ्नै हातको कुहिनो भाँचको हुँ मैले ।

कोपिला २
जल्दै गरेको चिता हेरेर भन
मान्छे तिम्रो घमण्ड कतिन्जेल टिक्ला
घरको भागवत् गीता हेरेर भन ।

कोपिला ३
मेरो माया सबैभन्दा पवित्र देखियो
अझै शङ्का किन गछ्र्यौ र तिमीले मलाई
एक्सरेमा पनि तिम्रै चित्र देखियो ।

कोपिला ४
कर्जा तिर्दातिर्दै घरको पुर्जा सकियो
तिमी हिम्मत नहार भन्छ्यौ म सक्दै सकिनँ
केही गर्न मनै छैन ऊर्जा सकियो ।

कोपिला ५
म ठिकै थिएँ मनले के गरिरहेको थियो
यता पीडाका थोपाहरू तप्पतप्पत चुहुँदै गर्दा देखेँ
खुर्सानीको बोटबाट शीत झरिरहेको थियो ।

श्रीकृष्ण शर्मा, पोखरा


सम्बन्धित शीर्षकहरु

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

कुवेत, १२ अक्टोबर। साउदी अरबका विमानस्थलमा भएका घातक आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले साउदी अरब र यमनबीच संवाद सहजीकरण…

उत्तर कोरियाले सोमबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। तीमध्ये एक क्षेप्यास्त्र…

प्रतिकृयाहरू
...