सर्वोच्च अदालतले संचारकर्मी एबम गायिका रुपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बहसका लागि बोलाएको छ।सञ्चारकर्मी सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाइ उनी विरूद्धको जाहेरी दर्ता गर्न माग गर्दै दिएको रिटमा बहस गर्न दुवै पक्षलाई…
तीतोपाटी - नेपाली कविता साहित्यको उपविधाको रूपमा केहि हप्ता अगाडि मात्रै परिकल्पना गरिएको "पञ्चाङ्ग साहित्य" को एक कार्य समिति गठन गरिएको छ । संसार भर छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्यको जगेर्ना गर्न लागि पर्ने स्रष्टाहरूलाइ यस समितिमा समावेश गरिएको छ । पञ्चाङ्ग साहित्य समाज २०७८/०३/०१ तदनुसार…
लेख्न मन लाग्छ धेरै बाध्य काम पर्ने मेरै याद अायो शीत धेरै जुनी हाम्रो जान्न खेरै काव्य पनि बन्ने भयो शीत हाम्रो धन्य भयो प्रिय श्रष्टा लागि रहे शीत थोपा जागि रहे हर दिन लागि रहे हेर्छु अनि दंग पर्छु एक्लै एक्लै हाँस्ने गर्छु शीत लेख्दै बाँच्ने गर्छु दिला शाह…
मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें। त्यहीँबाट आवाज आयो।"हामी अनुशासित किन हुने?" हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने। "युवतीहरुको रक्षा हाम्रो धर्म हो ", अर्कोले थप्यो। म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो। सर्यक्क सुरुक्क आवाज आयो ।…
तीतोपाटी डटकम-२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण…
तीतोपाटी डटकम-मन्त्रिपरिषद् बैठकले सोमवार आन्तरिक उडान 'खुला गर्ने' र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या 'बढाउने' निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले पुष्टि गरेका छन्।कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ। "निर्णयबारे मन्त्रिपरिषद्को प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउनु हुनेछ," श्रेष्ठले…
भत्किएका चार वटा मोटरबेल पुल र पाँच किलोमिटर बाटो कहिलेसम्म बन्छन् एकिन छैन तीतोपाटी डटकम-बाढी-पहिरोले गरेको क्षति पुनर्निर्माण हुन समय लाग्ने भएकाले मेलम्ची खानेपानी आयोजना अब काठमाडौंमा आउन निकै ढिलो हुने भएको छ।इञ्जिनियरहरूका अनुसार मेलम्चीको पानी आउन पहिला पुनर्निर्माणको काम सकेर मात्रै हुने देखिन्न। मेलम्ची नदी पनि सङ्लिनु पर्छ। ‘बर्खायाम…
तीतोपाटी डटकम-२३ असार, पोखरा । पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् । राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका…
तीतोपाटी डटकम-२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको…
तीतोपाटी डटकम-२३ असार, काठमाडौं । १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएको खबर अनलाइन खबरले छापेको छ।
![]()