Monday 24th August 2026

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ?


तीतोपाटी डटकम-२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।

आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिए नजिकै विषको बट्टा पनि बरामद भएको थियो । त्यही खाएर भण्डारीले आत्महत्या गरेको हुनसक्ने आशंका पनि छ । ‘विष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो, ‘पोष्टमार्टमबाट उनलाई अन्य चोटपटक चाहिं नभएको देखियो ।’

प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएन । शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

तर अपहरणको कुनै सकेत नदेखिंदा प्रहरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुसन्धान गरिरहेको थियो । त्यहीबीच उनको शव भेटिएपछि घटना रहस्यमय बनेको छ ।घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । मंगलबार प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा कर्फ्यूसमेत लगाएको थियो ।

साभार-अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...