Friday 3rd May 2024

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ?


तीतोपाटी डटकम-२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।

आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिए नजिकै विषको बट्टा पनि बरामद भएको थियो । त्यही खाएर भण्डारीले आत्महत्या गरेको हुनसक्ने आशंका पनि छ । ‘विष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो, ‘पोष्टमार्टमबाट उनलाई अन्य चोटपटक चाहिं नभएको देखियो ।’

प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएन । शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

तर अपहरणको कुनै सकेत नदेखिंदा प्रहरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुसन्धान गरिरहेको थियो । त्यहीबीच उनको शव भेटिएपछि घटना रहस्यमय बनेको छ ।घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । मंगलबार प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा कर्फ्यूसमेत लगाएको थियो ।

साभार-अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...