कसको पछि लाग्याै कुन्नी मलाई तिमीले भुलेपछी । बिहानीको उषाले साँझ पख सुर्यलाई भुलेपछी ।। छुटाउन गार्हो हुन्छ माया प्रिती बसेपछी नसासरि नसा नसा जिन्दगीमा डुलेपछी ।। तिम्रो माया त आज चरी जस्तै उडि गयो हाँसीखुसी भएको मन नदी सरि डुबी गयो ।। चन्द्रमा छुन खोज्ने मन, पिंजडमा पर्दा आज…
छिमेकी संग माग पुरा हुनुपर्छ । अब कुटनितीक कुरा हुनुपर्छ ।। कालापानी लिपुलेक मात्र होइन सिमानामा लिम्पिवाधुरा हुनुपर्छ ।। छिमेकीले नेता किनेर देश खाने देखेको सपना अधुरा हुनुपर्छ ।। हामी इतिहास मात्र होइन साथी सिमाना बचाउन सुरा हुनुपर्छ ।। बम र बारुध संग नडराउन नेपालीको जस्तै पाखुरा हुनुपर्छ ।। कृष…
घर छोडेर परदेश लाग्दा परिवारले रुदै गर्दा बिदा । बाँचिन्छ कि मरिन्छ अब अरुको ठाउँमा हुँदा ।। परदेशमा छोरालाइ केही हुँदा परिवार कति रोलान । परदेशी छोरो घर फर्किदा परिवार होलान कि नहोलान। चाड पर्व आउँदा साथीहरुले रमाईलो गर्छ्न गाउँमा । कति दुःखले रोएर बसेको छु यहि परदेशको ठाउँमा ।।…
"पैसा" -राम भण्डारी यो कस्तो बनायौ कागजै हो चिन्यौं छ नी यो अचम्मको "पैसा"नाम हो यसको चर्तिकला देखाउछ अजङ्गको नभै पनि नहुने, धेरै भए सुख नदिने भाव जन्माउँछ दम्भको । जो संग धेरै छ, थोरै हुनेलाई देख्दैन राम्रो ढंगको भन्छन् कसैले जे चाह्यो आर्जिन्छन् गलत अर्थ अचम्मको ।। उचित प्रयोग…
"विनाशकारी काेराेना" -राम भण्डारी हर प्रहर मानव विनाशकारी पापीको समाचार सुन्नु पर्ने । ह्दय बिदारक घटनामा यसका ताण्डव कति हेर्नु पर्ने ।। करोडौं ढाल्यो, लाखौं खायो, धेरै छन् दोसाँधमा उठ्नुपर्ने । जो जहाँ थियो त्यही छन् जगसारा रोकिए कहाँ कहाँ पुग्नु पर्ने ।। के उच्चारण गरौ यो पापीलाइ दुःखी मनले…
गजल -तारा अर्याल मेरा आमाबाबुको काख रित्तो पार्यौ जात मिलेन भनी । मलाई संगै मेरा सपनाहरु मार्यौ जात मिलेन भनी ।। हाँसेका थिए सबैका ओठ मैले बुहारी ल्याउने आसमा ति हाँसोलाइ खोसेर आँसु झार्यौ जात मिलेन भनी।। रगत मिल्थ्यो मन मिल्थ्यो चाहना थियो संगै जिउने प्रेमको नाममा ज्यान लिएर टार्याै…
न फर्किन सकिन्छ न त पर्खिन सकिन्छ। परदेशमा बस्न यसरी कति दिन सकिन्छ।। आज आफ्नै देश सकिन लागि सक्यो, हिजो भनिन्थ्यो कोरोनाले चीन सकिन्छ।। युवा अरब गएर देश चलेको हो, नेताज्यु ! के आज हाम्रो पीडा सुन्न एकछिन सकिन्छ।। सबै युवा संगै फर्काउने वाताबरण बन्दैन, देशले चाहे समस्या परेका फर्किन…
जातिय बिभेद -तारा अर्याल उनै दलितको मिहिनेत अनि तरबार राम्रो उनै दलितले कुदेका घरबाट राम्रो रगत सबैको रातो हुन्छ तर, कतिपय महोदय ज्यु हरु भन्नू हुन्छ तेरो भन्दा मेरो जात अनि घरवार राम्रो । धोती चोली चाहिन्छ अरे पुजा आज गर्दाखेरी सेतो कोरा पहेंलो कात्रो खोज्दै हिन्छन मर्दाखेरी तर कुन…
सपना बोकेर -राम भण्डारी छुट्ने बेला आमाको हातले, कपाल सुम्सुम्याउदै बाबु "आफ्नो ख्याल गरेस है"भनेको । आफ्नो मुटु लाइ गाँठोपारी आँसु पुछ्दै प्राणप्यारीले हिक्क हिक्क गर्दै हाम्रो पुन्टेको हात तानेको । ताजै छ मानसपटलमा, देखुन्जेल बारीको डिलबाट हात हल्लाउँदै "बा छिट्टै आउनुहोस् है" भन्दै गरेको । सपनीमा बर्बराउँछु रे बृद्ध…
##गजल## तारा अर्याल पीडा लुकाई हाँसेर कौडी किन्दैछु आमा। रगत पसिना साटेर कौडी किन्दैछु आमा।। परदेशी जिन्दगी केही ठेगान नहुँदो रहेछ मुटु मुठिमा राखेर कौडी किन्दैछु आमा।। बा-आमा र मान्यजनको आषिर्वाद पाई देवी देवता भाकेर कौडी किन्दैछु आमा।। पल पल सम्झना आउँछ घरको के गर्नु? यादहरू ति भुलेर कौडी किन्दैछु…