Thursday 10th September 2026

कविताः- सपना -राम भण्डारी


‘सपना’

-राम भण्डारी

सपना बोकेको छ जो दिन‌मा देखेको ।
पुरा हुन्छ मात्रै जो निधारमा लेखेको ।

सपना बिक्री हुँदैन रात मै होस् देखेको ।
पसिना ठगि बजार मा बेचेको ।

सपना देखाउने हैन सपना देख्ने बेचिएको ।
सपना देख्दादेख्दै स्वप्नदोष भै चेपिएको ।

खोजेको खुल्ला चर्मचछुमा सपना देख्न ।
रेतको धारमा गौरवशाली ईतिहास लेख्न ।

सकिन्नथ्यो सगरमाथा नचढी गगन भेट्न ।
सम्भव छैन बुद्धको देशबाट शान्ति मेट्न ।

मेरो सपना चन्द्र सूर्य ध्वजा लाली नभमा ।
शान्ति सन्देश छर्दै विश्वमा उन्नति पथमा ।

सपना साँचेर सगरमाथा काँधमा बोक्ने हो ।
आमा तिर हेर्ने बैरीको गिद्धे नजर रोक्ने हो ।

मनभरी यस्तै यस्तै सपना साँचेको हुन्छ ।
त्यहि सपना पुरा गर्न मानिस बाँचेको हुन्छ ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...