Wednesday 26th August 2026
Ads
Image

तितोपाटी - नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालमाथी शुक्रवार कुट्पिट भएको छ । तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै…

Image

तीतोपाटी-पाँचथरको कुम्मायक गाउँपालिका ५ स्याबरुम्बा स्वास्थ्य चौकीमा कार्यरत अहेब गंगा लिम्बू गाउँलेलाई दूषित पानीबाट लाग्ने रोगबारे जानकारी गराउँदै हिँड्छन् । दूषित पानीका कारण झाडापखालाजस्ता रोग लागेर स्वास्थ्य संस्थामा आउने धेरै बिरामीको उपचार पनि गरेकी छन् । हिजोआज उनै स्वास्थ्यकर्मी लिम्बू खोलाको दूषित पानी खान बाध्य छिन् । स्याबरुम्बाको पिपलबोटेमा रहेको स्वास्थ्य संस्थाकी अहेब…

Image

तीतोपाटी-लगातारको प्रश्नपत्र आउट प्रकरणपछि स्थगित गरिएको एसइईपछि आक्रोशित बनेका धनुषाका विद्यार्थीहरूले प्रदेश दुईका राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन्। यसका साथै विद्यार्थीहरूले प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्। जनकपुरबाट वीरगञ्ज हिँडेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा विद्यार्थीहरूले ढुंगामुढा गरेका हुन्। संघीय समाजवादी फोरम नेपालको…

Image

तीतोपाटी- प्रदेश नं २ को एसइई स्थगित निर्णयको विरोधमा आज परीक्षार्थीहरुले जनकपुर सहितका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिहानै जनकपुरको भानुचोकमा परीक्षार्थीहरुले बीच चोकमै बसेर नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध चर्को नाराबाजी गर्दै आफूहरुलाई न्याय दिनुपर्ने नारा लगाउँदै टायर बालेर जुलुस प्रदर्शन गरेका छन्। उनीहरुले बीच सडकमै बसेर ’हामीलाई…

Image

तीतोपाटी-बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् । परीक्षा स्थगित…

Image

तीतोपाटी-पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा गंगोल नदीमा एक युवकको शव फेला परेको छ । पोखरीया नगरपालिका वडा नं. १ वनकटवा घर भएका २० वर्षीय पवन पटेलको शव फेला परेको हो । गंगोल नदीमा युवकको शव र ना ३४ प ९००० नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए…

Image

तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिवमा महामन्त्री भास्कर भद्रा छन् । समितिको सदस्यहरुमा…

Image

तीतोपाटी- सरकारले जमिन बाँझो राख्न नपाउने गरी तयार राष्ट्रिय भूमि नीति २०७५ पनि स्वीकृत गरेको छ । खेतीयोग्य जमिनलाई खेर जान नदिने उद्देश्यले राष्ट्रिय भूमि नीति ल्याइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । यस नीतिलाई केही दिन अघि बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो । ‘सरकारी वा सार्वजनिक…

Image

तीतोपाटी-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे । अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन । कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण…

Image

तितोपाटी - अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नयाँ आप्रवासी नीति ल्याएका छन् । बुधबार प्रधानमन्त्री मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्‍याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । खास…