Friday 3rd May 2024

कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दूतावासको आग्रह


हरि कृष्ण न्यौपाने – सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकी झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना  गरिएकि सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घर-परिवार वा आफन्तजनसंग सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन सकिएको छैन ।

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ।नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेकी सुमित्रा जगेबुको शब परिवार वा आफन्त जनसंग सम्पर्क हुन नसक्दा कुवेतको अस्पतालमै रहेको छ।

नेपाली राजदुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटि डट कमसंग भने “मृतक सुमित्राको शबलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको छ ।उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन सकिएको छैन ।”

राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एबं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं-००६५ ९८८६९१२१ वा कोसेली समूह कुवेत(तितोपाटी डट कम)मा सम्पर्क गर्नु होला ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...