Friday 2nd October 2026

प्रधानमन्त्रीको निर्देशन पछि रेशम चाैधरीलाइ लगाइएको साङ्लो हटाइयो


साङ्लो लगाउनेलाइ कारवाही गरिने

तितोपाटी – सांसद रेशम चौधरीलाई उपचारका क्रममा पनि साङ्लोले बाँधिएकोतस्बिर विभिन्न सांचारमाध्यमसहित समाजिक संजालमा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई टेलिफोन गरी साङ्लो हटाउन निर्देशन दिएका छन्। साथै उनले चौधरीलाई साङ्लो लगाउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न निर्देशन दिए पछि तत्कालै साङ्लो हटाइएको छ ।

कैलालीबाट निर्वाचित सांसद चाैधरी टिकापुर घटनामा दोसी ठहर भइ जन्मकैद सजाय पाएका राजपा नेपालका नेपालका नेता हुन। उनी फोक्सो र वोनम्यारोमा समस्या देखिएपछि उनी वीर अस्पताल इमरजेन्सी कक्षमा भर्ना भएका थिए भने विहिबार अस्पताल भर्ना भएका चौधरीलाई सुरक्षाको कारण देखाउँदै प्रहरीले नेल लगाएको थियो।

वीर अस्पतालमा भर्ना गरिएका चाैधरीको खुट्टामा साङ्लाेले बाँधेर राखिएकाे देखेपछि विभिन्न दलका नेता तथा अधिकारकर्मीले समेत सरकारकाे आलाेचना गरे । चाैतर्फी विराेध र दबाव बढेपछि शुक्रबार बेलुकी नै सांसद चौधरीको खुट्टामा लगाईएको नेल हटाइएको हाे ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...