Saturday 4th May 2024

समाचारको प्रभावः मृतकका परिवार दूतावासको सम्पर्कमा आए


तितोपाटी – तितोपाटी डट कम बाट कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा लिम्बुको परिवारजन सम्पर्कमा नआएर शव नेपाल पठाउन असहज भएको विषयको समाचार हिँजो प्रकाशित भएपछि आजै नेपालबाट मृतकका भाइ नेपाली राजदूतावासको सम्पर्कमा आएको कुरा नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिएका छन् ।

घरेलु कामदारको रूपमा कुवेतमा कार्यरत लिम्बुको गत मेई २८ तारिक,२०१९ का दिन कुवेतमा मृत्यु भएको थियोे।बिरामी भए पछि उपचारको लागि अस्पताल भर्न्ना  गरिएकी सुमित्राको अस्पतालमै मृत्यु भएको र हाल सम्म पनि मृतकको घर-परिवार वा आफन्तजनसंग सम्पर्क हुन नसक्दा उनको शबलाई नेपाल पठाउन नसकिएकोले विषयको समाचार हिँजो मात्रै तितोपाटी डट कममा प्रकाशित भएको थियो ।

दूतावासले सबै कानूनी प्रकृया पुरा भैसक्दा पनि मृतकका परिवारजन सम्पर्कमा नअाएर शव नेपाल पठाउन नसकिएको बताए पछि तितोपाटी डट कमले सो समाचार प्रकाशित गरे पछि समाचारको प्रभाव स्वरूप समाचार प्रकाशित भएको २४ घण्टा पनि नबित्दै मृतकका भाइ सम्पर्कमा आएपछि  आज दूतावासका द्वित्तिय सचिव ज्ञान बहादुर मगरले समाचार प्रकाशित भएपछि समाचार मार्फत जानकारी पाएर परिवारजन सम्पर्कमा आएको बताउँदै समाचार सम्प्रेषण गरि सहयोग गरिदिएकोमा तितोपाटी डट कम लगायत सम्पुर्ण मिडियाहरूलाइ धन्यवाद दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...