नारायण प्रसाद पोख्रेल - एउटा गाउँमा गरिब बाबुआमाका ३ सन्तान थिए । पहिलो सन्तान छोरा ,उ पछिको छोरी र कान्छो सन्तान छोरा । अभावले गर्दा जेठो छोरा र छोरीले ५ कक्षा भन्दा बढी पढ्न पाएनन । छोरीको सानै उमेरमा बिहे गरिदिए। जेठो छोराको जोडबलले कान्छोले पढाई लेखाई गर्ने मौका पायो…
डि.पि. जैसी - गाउँमा स्कूल बनाउने भनेर एउटा सप्ताह लागेको थियो । सप्ताहको उद्घाटन गर्न काठमाण्डौँबाट हेलीकप्टर चढेर एकजना मन्त्री आउँदैछन् भनेर भक्तजनहरुको घुँइँचो थियो । के बाल, के बृद्धा हेलीकप्टर हेर्न भनेर पुरै गाउँ इन्द्रको चौरमा उर्लेको थियो । केही छिनमा हेलीकप्टर चढेर मन्त्रीजी आए । आयोजकहरुले फूलको माला लाएर…