Monday 20th May 2024

विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल


रन्जिता भट्टराई – विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् ।

बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि पूर्वतयारीवारे विशेष छलफल भएको छ । आगलागी, हावाहुरी, सडक दुर्घटना, सर्पडंस र शितलहरले कल्याणपुर लगायत सिरहाको अधिकाँश गाउँ जोखिम रहेको सो कार्यक्रम छलफल भएको छ ।
यस्ता विपद् तथा बाढी पहिरोको जोखिमबाट बाच्नको लागि कल्याणपुर नगरपालिकाले कल्र्भट – सडक मर्मत, सेफ हाउसको तयारी, उद्धार सामाग्री खरिद, उद्धार समूहको तालिम, राहत वितरण, आपत्तकालिन सूचना केन्द्र स्थापना, विपत्त व्यवस्थापन कोष खडा गरिने तयारीमा रहेको फोकल पर्सन ललन कर्ण बताए ।

विपद् व्यवस्थापनको लागि कल्याणपुर नगरपालिकाले यस बर्ष ५० लाखको योजना बनाएको छ । जसमा बैशाख २० गते सूचना केन्द्र स्थापना हुने भएको छ । कल्याणपुरको चिकना, निर्दना, पर्साही, चतरी, वेलहा चपेना, कैलपुर, पूर्णियाही छर्रापटी, भँगठियाही, जमुआ परासीमा बाढी, कटान, डुबान जस्ता जोखिम रहेको छ ।

स्थानीय तहले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएको छ तर बजेट सम्बन्धित ठाउँमा प्रयोग भइरहेको छ । छैन ? कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले विपद् व्यवस्थापनको लागि उद्धार सामाग्री खरिद गर्ने काम भइरहेको बताए । यो तालिमले पनि धेरै कुराको अवगत गराएको छ। यसको लागि चेतनामुलक र राहत व्यवस्थापनको काम गरिरहेको छु। शिपमुलक कार्यसमेत अगाडी बढाइएको छ । कल्याणपुरलगायत सिरहाको कमला छेउका सिरहा, बसपिटा, माडर, लक्ष्मीनिया, खिरौना, सुखचैनामा बाढीको जोखिम रहेको छ । यस्तै सनेठा, लगडी गदीयानी, औरही, इटाटार, हरकट्टी, बरियापट्टी, लहानमा खोला छेउका बस्ती अत्ति जोखिम रहेको छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...