Sunday 25th October 2026

अरबमा छिपिएर ओइलाएको प्रेम लिला


तिलक भण्डारी(कमल) – हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर ब्यवसायीले मनपरी असुल्ने रकम ऋण खोजेरै भए पनि तिरेर हिड्न परेको छ ।

वेराजगार युवालाई रोजगारी दिइयो । तर रोजगारी संगै ज्यादै कठिन समस्या पनि सृजना गरायो । यसको धरातल र बस्तुस्थिति हेर्दा सोच्न त के कल्पना गर्न पनि कठिन छ । ऋण खोजेर आफ्ना परिवार र कलिला बालबच्चालाई घरमा छाडेर खाडी आएकाहरु एकाएक अबैधानिक भई कुवेतीको घरमा काम गर्ने चेलीलाई माया जालमा पारेर घरबाट भगाउने अनि आफ्नो स्वार्थ लुटिरहेका पनि छन ।

यस्तै चर्तिकलाले गर्दा आजकल अरबमा समेत प्रेम लिला झांगिएको छ । कसरी बर्णन गर्ने यस्को ? हाम्रो नेपाली शब्दकोषमा शब्द खोज्दा पनि पाइदैन होला । जवानीलाई सन्तुलन कसरी राख्ने यो नै अति पेचिलो बन्दै गएको छ । जवानीको सन्तुलन बिग्रदा कोही रूपा र शुनिलको अबतार देखिन्छ । कोही तत्कालैको जटिल अबस्थामा घरमा सिताले रामलाई बोलाउँदा विदेशमा बस्ने रावणलाई कुनै जानकारी समेत हुदैन ।

अन्तमा नेपालका सिताले मृत्यु बरण गरेपछि मात्र सबै जानकारी पाउँछन । अरबमा देखिएको प्रेम लिला बर्णन गर्न त सजिलो छ । तर यसको भोगाई र यथार्थता बुझन धैरै कठीन छ । अरबको चिकेन, मटन र खबुसले मताएको जवानी असाध्यै मिठो र रोचक छ । यसैको सेरोफेरोमा रहेर सानो उपन्यास पश्कने जर्मको पनि गर्दै छु । यहाँहरूको सल्लाह सुझाब र सकारात्म सुझाबको लागि छोटकरीमा बयान मात्र पश्केको छु । स्बदेश र विदेश यि दुइवटै समस्याको समधान कसरी गर्ने ? न त नेपाल सरकारको ध्यान पुगेको छ । न त नागरिक समाज, न अन्य कुनै संघ संस्था, कसैले यसको निवारणमा कुनै भुमिका खेलेको देखिदैन ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...