Friday 25th September 2026

जिफन्ट कुवेतको १३० अाैं मे दिवस मनाउने तयारी पुरा, सबैलाइ हार्दिक निमन्त्रणा


तितोपाटी –  नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मे ३ तारीखमा “ स्वदेशमा वा प्रवासमा : सवैलाई सामाजिक सुरक्षा”(‘’Social security for All : Within or beyond the country’’)  भन्ने नाराका साथ १३० अाैं ‘में दिवस’ अर्थात् मजदुर दिवस मनाउने भएको छ । जिफन्ट कुवेतले कुवेतको खेतानस्थित राजधानी होटलमा विभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुसगै मजदुर दिवस मनाउने तयारी पुरा भएको महासचिव गोविन्द प्रसाद तिमील्सेनाले तितोपाटी डट कम लाइ जानकारी दिएका छन् ।

कार्यक्रममा कुवैत ट्रेड युनियन फेडेरेसन, सोलिडारीटी सेन्टर र सन्धिकन एसोसिएशन को प्रत्यक्ष सहभागिता हुने अध्यक्ष रावतले बताए ।
मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुँदा कुवेतमा श्रम गरेर बस्ने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुलाई उपस्थित भएर श्रम सम्बन्धि धैरे कुराहरु बुझ्न र मनोरन्जन लिन आयोजकले निमन्त्रणा र अनुरोध गरेको छ । आयोजकले उक्त कार्यक्रममा उपस्थितिको लागि सबै श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ । कार्यक्रम दिनको १२ बजे देखी सुरू हुनेछ । उक्त कार्यक्रममा  कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवि, साहित्य अनुरागी, खेलाडी, कलाकार, गन्यमान्य भद्रभलाद्मी लगायत सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाइ पत्राचार गरिसकेको जनाउँदै कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनु हुन पनि जिफन्ट कुवेतले अनुरोध गरेको छ ।

१७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै हरेक बर्ष मे १ तारिखमा संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कलकारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार हुदै आएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...