Thursday 2nd May 2024

लुम्बिनी समाजले भागिरथ चापागाइ सहयोग अभियान सम्बन्धमा स्पष्टीकरण दियो


तितोपाटी – लुम्बिनी समाज नेपाल-कुवेतले दुइ वर्ष भन्दा लामो समय देखि संचालित भागिरथ चापागाइ सहयोग अभियान सम्बन्धमा स्पष्टीकरण सार्वजनिक गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएका चापागाइ एक सडक दुर्घटनामा परि झण्डे अढाइ वर्षदेखि कुवेत स्थित अादान अस्पतालमा जिवन र मरणको दोसाँधमा उपचाररत छन ् । उनको उद्दार गरी स्वदेश फर्काउने प्रयत्न स्वरूप सहयोग अभियान संचालन गरिरहेको कुवेत स्थित लुम्बिनी समाज नेपाल-कुवेत र यस अभियानको नेतृत्व गरिरहेका उक्त समाजका अध्यक्ष रूपेन हमाललाइ इंगित गरि विगत केहि हप्ता देखि विभिन्न शंका उपशंका  सहितका समाचारहरू राष्ट्रिय मिडियामा समेत अाएपछि लुम्बिनी समाज नेपाल-कुवेतले सँस्थाका अध्यक्ष बाहेक कार्य समितिका अधिकांश सदस्यहरूबाट हस्ताक्षर गरी सो स्पष्टीकरण सार्वजनिक गर्दे नेपाली दूतावास कुवेतमा बुझाउन ल्याएको हो भने नेपाल पत्रकार महासंघ कुवेत शाखालाइ वोधार्थ गरिएको हो । स्पष्टीकरण पत्र सँस्थाका महासचिव नेत्र पेमी मगर, उपाध्यक्ष अशोक ओस्ती लगायतका प्रतिनीधिहरूले बुझएका हुन ।

समाजले जारी गरेको स्पष्टीकरण पत्रमा विगत २६ महिनादेखि कुवेतको अादान अस्पतालमा उपचारार्थ रहेका नवलपरासी जिल्ला बर्दघाट निवासी भागिरथ चापागाइको उद्दार गरी स्वदेश फर्काउन लुम्बिनी समाज नेपाल-कुवेतले सहयोग अभियान संचालन गरेको सबैमा अवगत छ भन्दै सो अभियानको नेतृत्व समाजका तत्कालिन महासचिव तथा वर्तमान अध्यक्ष रूपेन्द्र विक्रम हमालले गरी सो अभियानको क्रममा पीडितका घर-परिवार, पीडितका कुवेतमै रहेका श्रीमती अनि छोरा र दूतावाससँग समन्वय गर्दै अस्पताल प्रशासनसँग नजिक रहेर हरेक गतिविधि एवं सहयोग संकलन भएको रै-रकम समेत सबै अध्यक्ष हमाल स्वयंले राखी पीडित भागिरथ चापागाइलाइ स्वदेश फर्काउने प्रकृया अगाडि बढाइरहेकोमा विगत केहि दिन देखि एक्कासी सामाजिक संजाल र अनलाइन मिडियामा प्रकाशित समाचारले सँस्थाको ध्यानाकर्षण भइ अध्यक्ष हमाललाइ यस  विषयमा पटक पटक ताकेता गर्दा पनि अभियान संयोजक स्वयं सँस्थाको अध्यक्ष रहेकोले सम्पुर्ण जिम्मेवारी अध्यक्ष हमालले लिएकोले लुम्बिनी समाज नेपाल-कुवेतको सहयोग अभियानमा सहभागी भइ सहयोग गर्नुहुने सहयोगदाताको नामावली र संकलित सहयोग रकम सँस्थाका अन्य कुनै पदाधिकारीसँग नरही अध्यक्ष हमालसँगै रहेको नेपाली राजदूतावास कुवेत, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायत कुवेतमा कृयासिल सम्पुर्ण संघ सँस्था र कुवेतवास सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारी गराउँछाैं भन्दै समाज सामाजिक सेवामा सदा सकारात्कम सोचका साथ लागि पर्ने बताउँदै भागिरथ सहयोग अभियान ढिला भएकोमा क्षमा माग्दै उक्त अभियान  अन्तर्गत संकलित रकम र सहयोगदाताको विवरण लगायत सम्पुर्ण हिसाब किताब नेपाली राजदूतावासमा पेश गरी उक्त अभियानबाट हात झिक्न समेत अध्यक्षलाइ निर्देशन गर्दछाै भनिएको छ ।

कुवेत स्थित लुम्बिनी समाज नेपाल-कुवेत एउटा क्षेत्रिय सँस्था भएर पनि हरेक नेपालीको पीडामा मलहम लगाइ अघि बढ्दै गरेको सँस्था हो । यसै सँस्थाले संचालन गरेको भागिरथ चापागाइ सहयोग अभियानको सम्बन्धमा सामाजिक संजाल प्रयोगकर्ताहरू, यस अभियानसँग सम्बन्धित सरोकारवालाहरू तथा पीडितका अाफन्तहरू समेतबाट सो सहयोग अभियान पारदर्शी नभएको, सर्वसाधारणसँग सहयोग उठाइएको रकम र सहयोगीहरूको विवरण सार्वजनिक नगरेको, बिरामीलाइ उद्दार गरि नेपाल लैजानको लागि भए गरेका काम कारवाही सार्वजनिक र अपडेट नगरेको, सहयोग उठाइएको रकम हिनामिना गरेको लगायतका अारोपहरू यत्रतत्र सुनिन थाले पछि समाजको बैठक बसि अध्यक्ष हमालसँग सोधनी हुँदा सहयोग अभियानको सम्पुर्ण जिम्मेवारी अध्यक्षमा निहित रहेको र अावश्यक परेका समयमा सम्बन्धित सबैले अाफुले विवरण दिने बताएकोले अध्यक्षसँग कुनै रीसराग नराखी सत्यतथ्य सबै माझ सार्वजनिक गर्ने जिम्मेवारी अध्यक्ष स्वयंले लिएकोले सम्बन्धित सबैको जानकारीको लागि स्पष्टीकरण पत्र सार्वजनिक गर्नु परेको सँस्थाका बरिष्ठ उपाध्यक्ष रमेश पाल्पालीले तितोपाटी डट कम सँगको कुराकानीमा बताए । यस सम्बन्धमा तितोपाटी डट कम ले सत्य तथ्य विवरण बुझ्र खोज्दा अध्यक्ष रुपेन्द्र बिक्रम हमालसँग सम्पर्क हुन सकेन ।

स्मरण रहोस, समाज सेवामा स्थापनाकाल देखि नै कटिबद्ध रहेको लुम्बिनी समाज नेपाल-कुवेतले विभिन्न किसिमले पीडित बनेका धेरै नेपालीहरूलाइ उद्दार गरि नेपाल पठाउन महत्वपुर्ण भूमिका खेलेको छ भने कतिपय सहयोग अभियान चलाएर त कतिपय सँस्थागत सहयोगमा पनि पीडितलाइ सहयोग गरिरहेको छ । भागिरथ चापागाइ सहयोग अभियानमा पनि ठुलो धनराशी संकलन भएको भनिए पनि विवरण सार्वजनिक नभएको तथा संकलित रकम मध्येबाट बिरामी चापागाइलाइ नेपाल लैजानको लागि भनि एयर एम्बुलेन्स मार्फत लैजान स्ट्रेचर समेत खरिद गरिएको भन्ने पनि सुन्नमा अाए पनि मिडियालाइ अाधिकारिक जानकारी नभएकोेले संकलित रकम के के शिर्षकमा कति खर्च भयो र कति बचत छ भनि  यसै भन्न सकिने अबस्था भने छैन ।

समाजले दूतावासमा बुझाएको स्पष्टीकरण जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...