नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो भर्चुअल प्रदर्शनी सुरु गरेको छ। यस प्रदर्शनीमा १७ जना प्रतिभाशाली कलाकारका झण्डै ४० वटा कलाकृतिहरू प्रस्तुत गरिएको छ। डिजिटल माध्यममार्फत विश्वभरका दर्शकहरूले यी कलाकृतिहरूलाई नयाँ तरिकाले अनुभव गर्न सक्नेछन्। आयोजक…
सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट विभिन्न गैरसरकारी संस्थाका करिब ३५ जना प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक नेतृत्व, संस्थागत सुदृढीकरण, समुदायसँगको सहकार्य तथा युवाको सक्रिय भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम…
नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र पत्रकारिताको सम्मानसँग जोड्दै आगामी ७ अगष्टमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो जसले नेपाली समुदायमा मानवीय सहयोग र सामाजिक चेतना फैलाउने उद्देश्य राखेको छ। गत…
कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group को सहकार्यमा एक दिने स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। नेपाली समुदायलाई लक्षित गरी सञ्चालन गरिने उक्त स्वास्थ्य शिविर मेट्रो मेडिकलको महाबुल्ला ब्लक–२ स्थित “सुपर मेडिकल केयर” शाखामा आगामी जुन…
खोटाङ कुवेत सम्पर्क मञ्चले नेपालका पक्षघात पीडितलाई नेपाली रूपैयाँ ९४ हजार भन्दा बढि आर्थिक सहयोग गरेको छ । समाजले खोटाङको बराहापोखरी गाउँपालिका-१ निवासी ७२ वर्षीय बुवा प्रेमबहादुर मगरको उपचार सहयोगार्थ सो सहायता उपलब्ध गराएको जनाएको छ । विगत ३ महिनादेखि पक्षघातका कारण ओछ्यान परेका थापा उच्च रक्तचापले पक्षघात हुन गइ…
गुलाम नवी मन्सुर/ कुवेत- काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेदेखि बालेन शाहले चालेका हरेक कदमले यतिबेला देशैभरि एउटा नयाँ आशा र बहसलाई सतहमा ल्याइदिएको छ। अझ विशेष गरी गत २०८२ को आम निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार बनेसँगै सुशासनको एउटा नयाँ अध्याय सुरु भएको छ।…
मित्र भक्त आचार्यः झापा कनकाई नगरपालिका ५ बेनुवाजाका २६ बर्षिय युवाको रोजगारीका लागि विदेशमा जादा दुबै हात र खुट्टा गुमाएका उमेश खातीको सहयोगका लागि साउदी अरबमा रहनुबस्नु हुने नेपाली दाजुभाईहरुको समुहले ६० हजार रुपैँया आर्थिक सहयोग पठाएका छन । अवुधाविको एक होटलमा क्लीनरका रुपमा कार्यरक्त यी युवा एक महिना पहिले मात्रै…
नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले नेपालका राजनैतिक दलका कुवेत स्थित भातृ संगठनका प्रतिनिधिहरू, गैरअावासीय नेपाली संघका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू तथा वित्तिय संस्थाहरूका प्रतिनिधिहरूबाट सुरक्षित वित्तीय व्यवस्थापन एवं विप्रेषणका विविध…
मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । ‘मेरो स्कुल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महत्व, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तक सार्वजनिक भएसँगै साहित्यप्रेमी तथा…
जन-जागृति युवा समाज कुवेतले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)को अवसरमा मृगौला पीडित एक श्रमिकलाई नेपाली रूपैयाँ ५० हजारभन्दा बढी सहयोग गरेको छ। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका दोलखाका एक विपन्न परिवारका युवा छोटो समयमै दुबै मृगौला अस्वस्थ भई स्वदेश फर्केका थिए। उनको उपचार सहयोगार्थ उक्त सहयोग गरिएको जन-जागृति…
![]()