Saturday 1st August 2026

प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको सिलान्यस गरे


तितोपाटी  – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्।सुनधरामा अाजआयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल,उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर बादल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतको उपस्थित थियो।

भूकम्पलगत्तै प्रधानमन्त्री केपी ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान थालेका थिए। नयाँ बन्ने धरहरा हेर्दा नौतले देखिने भएपनि प्राविधिक हिसाबमा २१ तलाको हुनेछ।अन्डरग्राउन्डबाट धरहराको टुप्पोसम्म पुग्न लिफ्टमा चढ्नुपर्नेछ भने ओर्लन अर्को लिफ्ट हुनेछ।सरकारले पुरानै शैलीमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो।धरहरा २०७२ वैशाख १२ गतेको भूकम्पबाट भत्केको थियो।

 


सम्बन्धित शीर्षकहरु

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स…

कुवेत आयल कम्पनी (KOC) ले जुरासिक तहका तेल तथा ग्यास स्रोतको खोजीमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कुवेतको ऊर्जा सुरक्षालाई थप…

प्रतिकृयाहरू
...