Monday 2nd March 2026

कुवेतबाट नेपाल जाँदै गरेका विद्यार्थीहरुसंग नेपाल ट्रिप २०१८ बारे अन्तर्कृया सम्पन्न


माधव पौडेल- आगामी डिसेम्बर २५,२०१८ देखी जनावरी-२,२०१९ सम्म ९ दिनको नेपाल अध्ययन भ्रमण जान लागेका कुवेतका बिभिन्न बिद्यालयहरुका विद्यार्थीहरुसंग नेपाल जानु पूर्व जानकारीका लागि नेपाली दुताबास कुवेतले अन्तर्कृया तथा नेपाल चिनारी कार्यक्रम सम्पन्न गरेको छ।डिसेम्बर १९ का दिन कुवेत सिटीको मुर्गबमा रहेको एक बिद्यालयमा उक्त नेपालबारे चिनारी तथा अन्तर्कृया कार्यक्रम गरिएको हो।

लोएक (loyac) नामक कुवेतको एक सस्थाले कुवेतका विभिन्न बिद्यालयहरुमा अध्यनरत कुवेती बिध्यार्थीहरुलाई लिएर ९ दिने अध्ययन भ्रमणको ब्यबस्था गर्ने छ।अध्यन भ्रमणको नेतृत्व कुवेती नागरिक रिम अलनेअामि (Reem Alneaimi) र अोमर साहरक (Omar Sharak)ले गर्दैछन्।

उक्त नेपाल अध्ययन भ्रमण सम्बन्थी अन्तर्कृया र चिनारी कार्यक्रममा नेपाली राजदुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन,सहचारी मनोज सिंह,भ्रमणमा जाने विद्यार्थीहरु र उनिहरुका अविभावकहरु, आयोजक लोएक संस्थाका प्रतिनिधिहरुले भाग लिएका थिए।कार्यक्रममा बिधार्थिहरु र आयोजकहरुले नेपाल बारे अाफुले बुझेको जानेको बारेमा अनुभब सुनाएका थिए।उनिहरुले नेपाल भ्रमणका बखत बिभिन्न पुरात्वत्यिक स्थानहरुको भ्रमण,दौड, भोटेकोशीमा स्याफ्टिङ तथा केहीदिन होम स्टेबाट नेपाली रहन-शहन,नेपाली सांस्कृतिक, धर्मिक र अन्य दैनिक कृयाकलापहरुलाई नजिकबाट नियाल्ने छन।

कार्यक्रममा लाँलीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतका कलाकारहरुले नेपाली संगितहरुका साथमा नेपाली नृत्य प्रस्तुत गरेर मनोरञ्जन पनि दिएका थिए।उपस्थित सबैलाई अायोजकले नेपाली परिकारको खानाको पनि ब्यबस्था गरेको थियो।नेपाली कलाकारहरुलाई कार्यक्रममा लगेर लुम्बिनी समाजका अध्यक्ष रुपेन हमालले सहजीकरण गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...