Thursday 9th October 2025

मेस्सीलाई पाँचाैं पटक “गोल्डेन बुट” को उपाधि


तितोपाटी – बार्सिलोना फरवार्ड लिओनेल मेस्सीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् ।

मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए । ‘ मैले सुरुवातमा यो सबसोचेको थिईन । मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो । सफलता हात पार्न सक्छु भन्ने विश्वास थियो, तर यहाँसम्म होइन,’ उनले भने ।

‘ म मेरो काम मन पराउँछु । मिहिनेत गर्न मलाई एकदम मनपर्छ र मेरा सहकर्मीको साथ् यो सबैमा सबैभन्दा महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ म विश्वकै सर्वोत्कृष्ट टोलीमा रहेको छु । मसंग विश्वका उत्कृष्ट खेलाडी साथमा खेलिरहेका छन् । यसले गर्दा नै मैले व्यक्तिगत उपाधि सहज रुपमा जित्न सकेको छु,’ उनले भने ।

मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् ।

सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोना बाबुको साथ लागेर गएका हुन् । लाजालु स्वाभावका मेस्सी २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए । त्यहीबाट उनले फुटबलको ज्ञान पाए । मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चचित देलाडी बनिसकेका थिए ।

सन् २००९ मा मात्रै मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लागि, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग, कोप डेल रे र युएफा सुपर लिगको उपाधि उचालेका थिए । आज सम्म मेस्सीले बार्सिलोनालाई २२ उपाधि दिलाइसकेका छन् । यस वर्ष मात्रै मेस्सीले बार्सिलोनालाई ला लागि र कोप डेल रेको उपाधि जिताई सकेका छन् । बार्सिलोनामा रहेर ९ सिजन खेलिसकेका मेस्सीले प्रत्येक सिजनमा ४० बढी गोल गरेका छन् । उनले २०११/०१२ सिजन लालिगामा सर्वाधिक ५० गोल गरेर गिनिज बुकमा नाम समेत लेखाउन भ्याइसकेका छन् ।

उनले पाँच पटक विश्वको सर्बोत्कृष्ट खेलाडीले पाउने बालोन डी’अर अवार्ड समेत जितिसकेका छन् । मेस्सीले सन् २००५ मा अजेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि दिलाए । त्यस्तै सन् २००८ मा चीनमा सम्पन्न भएको ओलाम्पिकमा उनले अर्जेन्टिनालाई स्वार्ण पदक समेत दिलाएका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५…

प्रतिकृयाहरू
...