Wednesday 30th April 2025

मेलम्चीको ठेकेदार कम्पनी सिएमसीद्वारा मेलम्ची अायोजना छोडेको घोषणा


तितोपाटी – इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना छाडेको घोषणा गरेको छ । तर, सरकारले भने उसको पत्र बुझ्न अस्वीकार गरेको छ । ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनाको बाँकी काम गर्न नसक्ने व्यहोराको पत्र बोकेर आइतबार मेलम्ची खानेपानी आयोजनामा पुगेका थिए । तर, आयोजनाका अधिकारीहरुले पत्र बुझ्न अस्वीकार गरेका छन् । खानेपानी मन्त्रालयले पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएको थियो ।

सीएमसीले ‘फन्ड सर्टेज’ भएको भन्दै काम अघि बढाउन नसक्ने पत्रमा उल्लेख गरेको स्रोतको दाबी छ । यसअघि उसले यही डिसेम्बर १४ सम्म आफूले दावी गरेको रकम दिन समयसीमा दिएको थियो । तर, सरकारले बाँकी काम सिध्याएपछि मात्रै थप रकम भुक्तानी दिने जवाफ दिएको छ ।

सरकारबाट पैसा नपाएपछि सीएमसीका अधिकारीहरु सुटुक्क भाग्न खोजेका थिए । तर, पूर्वसूचना पाएपछि नेपाल प्रहरीको सहयोगमा ८ जनालाई ठमेलबाट नियन्त्रणमा लिइएको छ । ‘सोमबार नै अधिकांशले देश छाड्ने र भोलिपल्ट सरकारलाई पत्र दिने योजना बनेको रहेछ,’ एक अधिकारीले भने ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका विदेशमन्त्री इशाक दारले त्यहाँको संसदमा यो बयान दिएका छन्। डारले पहलगाम आक्रमणको पाकिस्तानसँग कुनै सम्बन्ध नभएको दाबी गरे। पाकिस्तानका…

एनआरएनएको एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले निर्वाचनका लागि पहिलो लिस्टमा ६२५ जनाको मतदाता नामावली प्रकाशित गरेको छ ।…

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन्। साथै प्रति बोतल…

प्रतिकृयाहरू
...