Monday 23rd November 2026

मेलम्ची अायोजनाका ८ कर्मचारी क्रिसमसको बाहनामा नेपालबाट इटाली भाग्न खोज्दा पक्राउ


तितोपाटी – क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले बताए ।

‘उनीहरु ठमेल एरियामा हुनसक्ने भन्दै निगरानी गरिदिन मन्त्रालयबाट खबर आएपछि लोकेट गरिदिएका हौं’ उनले थपे, ‘हामीले मन्त्रालयकै जिम्मा लगाएका छौं ।’ स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।

अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । ‘उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए’, एक अधिकारीले भने, ‘गैरजिम्मेवार तरिकाले भाग्न खोजेपछि प्रहरीको सहयोग लिएका हौं ।’

अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।


सम्बन्धित शीर्षकहरु

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

लगातार दुई संस्करणमा उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ। कीर्तिपुरस्थित…

पूर्वेली टाइगर फुटबल क्लबद्वारा आयोजित प्रथम पूर्वेली टाइगर गोल्डकप २०२६ को उपाधि NDR ले जितेको छ। फाहाहिलस्थित सुक सबाह खेल…

प्रतिकृयाहरू
...